arrow

गुरुङ समुदायको शुरु भयो सर्प वर्ष [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष १५ सोमबार
tamu-lhosar-81-9-15t.jpg

काठमाडौँ । गुरुङ समुदायको सर्प वर्ष शुरु भएको छ । हरेक वर्षको पुस १५ गतेलाई गुरुङ समुदायले तमु ल्होसारसँगै नयाँ वर्षका रूपमा मनाउने गर्दछन् । 

गुरुङ समुदायले तमु ल्होसार, नयाँ वर्षसँगै उत्पादन गरेको नयाँ अन्नलाई सामूहिक रूपमा न्वागी चखाउने पर्वका रूपमा समेत मनाउने गरेको गुरुङ समुदायका अगुवाहरूको भनाइ छ ।  

विभिन्न गते, तिथि बारले यस नयाँ वर्षलाई असर पु-याउँदैन । हरेक पुस १५ मा नै नयाँ वर्ष मनाउने प्रचलन रहेको गुरुङ समुदायका अगुवा हरि गुरुङले बताए । उनका अनुसार वर्षको नाम समेत वर्ग छुट्याएर जनावरको नामबाट राख्ने गरिएको छ ।

गुरुङ समुदायले सर्प (सर्पिलो) वर्षलाई स्वागत गरिएको उनले बताए । गरुड वर्षलाई बिदाइ गर्दै तमु गुरुङ समुदायका किशोरकिशोरीदेखि बालबच्चा र वृद्धवृद्धाहरूले यो चाड हर्षोल्लासका साथ मनाइरहेका छन् । तमु ल्होसार गुरुङ समुदायको बसोबास रहेको स्थानमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइने गरिन्छ । 

नेपालमा ग्याल्बो ल्होसार र सोनाम ल्होसारसमेत मनाइने गरिन्छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार तामाङ समुदाय र शेर्पा जातिले ग्याल्बो ल्होसार मनाउने प्रचलन रहेको छ । 

यी जातिहरुमा मुसा, गाई, बाघ, बिरालो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा ल्होसारलाई विभाजन गरिएको पाइन्छ । ल्होसारका १२ वटै वर्ष पशुपक्षीका नामबाट गणना गरिएकाले प्रकृति पूजक रहेको अनुसन्धाताहरूको भनाइ छ । 

तमु जातिहरूको परम्परा धर्म, संस्कार र संस्कृतिको क्षेत्रमा, आर्थिक उन्नति एवम् प्रगतिका रूपमा यस पर्वलाई लिइने गरिएको छ । बाह्रवटा जीवहरूका नामबाट परिचित महान् पर्व तमु ल्होसार च्यु ल्हो, ल्वोँ ल्हो, तो ल्हो, ह्यि ल्हो, मुप्रि ल्हो, सप्री ल्हो, त ल्हो, ल्हु ल्हो, प्र ल्हो, च्या ल्हो, खि ल्हो, फो ल्हो विभिन्न रूपमा यसलाई मनाइने गरिन्छ । 

ल्होसार आदिमकालदेखि तमु जातिको जैविक, सामाजिक, सांस्कृतिक तथा परम्पराबाट निरन्तरता दिँदै आएको मुख्य पर्वका रूपमा लिइने गरिएको छ । 

पहिले तमु जातिको ल्होसार पर्व नस्लको  हिसाबले आदिम साम्यवादी मातृ सन्तात्मक युगदेखि सूर्यलाई आधार मानी पृथ्वीले सूर्यलाई परिक्रमा गर्ने क्रममा र पृथ्वीको उत्तरी ध्रुवतिर सूर्य नजिक पर्न जाने भएकाले कहिले दक्षिण ध्रुवतिर सूर्य नजिक पर्न जाने हुनाले छ–छ महिना पुस १५ र असार १५ मा समय परिवर्तन हुन्छ भनेर आदिमकालमा तमु जातिको गुरुले निर्धारण गरेको बताइन्छ । 

पुस १४ गतेलाई गएको ल्होलाई बिदाइ र पुस १५ लाई नयाँ ल्होको आगमनको स्वागत गर्दै निधारमा सेतो टीका लगाई शुभकामना आदानप्रदान गर्ने प्रचलनसमेत छ । 

तस्बिरमा काठमाडौँ र पोखराका दृष्य कैद गरिएको छ । 

gurung-tamu-lhosar-81 (1).jpg
gurung-tamu-lhosar-81 (2).jpg
gurung-tamu-lhosar-81 (3).jpg
gurung-tamu-lhosar-81 (4).jpg
gurung-tamu-lhosar-81 (5).jpg
gurung-tamu-lhosar-81 (6).jpg
gurung-tamu-lhosar-81 (7).jpg
gurung-tamu-lhosar-81 (8).JPG
gurung-tamu-lhosar-81 (9).jpg
gurung-tamu-lhosar-81 (10).jpg
gurung-tamu-lhosar-81 (11).jpg
gurung-tamu-lhosar-81 (12).jpg
gurung-tamu-lhosar-81 (13).jpg
gurung-tamu-lhosar-81 (14).jpg
gurung-tamu-lhosar-81 (15).jpg
gurung-tamu-lhosar-81 (16).jpg
gurung-tamu-lhosar-81 (17).jpg
gurung-tamu-lhosar-81 (18).jpg
gurung-tamu-lhosar-81 (19).jpg
gurung-tamu-lhosar-81 (20).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ