arrow

निर्माण व्यवसायी संघ हुम्लामा फेरि लामा 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष १५ सोमबार
humla-nirman-byabasayee.jpg

हुम्ला । निर्माण व्यवसायी संघ हुम्लाको वार्षिक साधारण सभा सिमकोटमा सम्पन्न भएको छ । निर्माण व्यवसायी संघ हुम्लाको आठौँ साधारण सभाबाट अध्यक्षमा निर्माण व्यवसायी सुनामबहादुर लामा पुनः सर्वसम्मत चयन भएका छन् । 

लामाको नेतृत्वमा ११ सदस्यीय जिल्ला कार्य समिति गठन गरिएको नवनिर्वाचित सचिव उपेन्द्र लामाले बताए । 

लामासंगै प्रथम उपाध्यक्षमा ज्ञानेन्द्र रावत, द्वितीय उपाध्यक्षमा ठानबहादुर भण्डारी, महासचिवमा कृष्ण हमाल, सचिवमा उपेन्द्र लामा, कोषाध्यक्षमा ग्यालजेन लामा, सह–कोषाध्यक्षमा शिबकली रोकाया र सदस्यहरुमा दखल रोकाया, छेपेल लामा, दत्तबहादुर शाही र बिशाल रोकाया सर्वसहमतीले निर्बिरोध निर्वाचित भएका हुन् ।

आइतबार सिमकोटमा सम्पन्न साधारण सभा नेपाल निर्माण महासंघ कर्णाली प्रदेशका उपाध्यक्ष राजबहादुर बस्नेतको प्रमुख आतिथ्यता तथा संघका जिल्ला अध्यक्ष लामाको अध्यक्षतामा सम्पन्न भएको हो । 

संस्थापक अध्यक्ष नरबहादुर रोकयाले निर्माण व्यवसायीलाई राज्यले संरक्षण गर्न नसकेको आरोप लगाउदै निर्माण व्यवसायी विना विकास सम्भव नभएकाले व्यवसायीका समस्या सम्बोधन गर्न सरकार समक्ष आग्रह गरेका छन् । 

विकास आयोजना निर्माणमा राज्यकै कैयन नीति नियमले समेत ढिलाइ हुने भए पनि व्यवसायीलाई मात्रै दोष देखाउने प्रवृत्ति हटाउनुपर्ने, निर्माण व्यवसाय क्षेत्रमा कोभिड र वर्तमान राजनीतिक परिस्थितिका कारणले गर्दा थप समस्या परेको भन्दै समस्या समाधानको लागि केन्द्रीय र प्रदेश नेतृत्व नेतृत्व क्रियाशील भएर लाग्ने निर्माण महासंघ कर्णाली प्रदेशका उपाध्यक्ष राजबहादुर बस्नेतले बताए । 

सोही कार्यक्रममा बोल्दै संघका महासचिव कृष्ण हमालले सहज र सरल तरिकाले निर्माण सामाग्री उपलब्ध गराउन र स्थानीय निकायले उपभोक्ता समितिलाई निरुत्साहित गरी इजाजत प्राप्त निर्माण व्यवसायीलाई प्रश्रय दिनुपर्ने बताए ।

संघले एक कार्यक्रम सर्वसम्मत चयन भएका नयाँ कार्य समितिलाई चयन जिम्मेवारीसमेत हस्तान्तरण गरेको छ । यसअघि संघको अध्यक्षमा लामा नै थिए । नयाँ कार्य समितिलाई खादा तथा अबिर लगाएर स्वागत गरिएको छ । 

अध्यक्षमा  लामा नै पुन सर्वसम्मत चयन भएपछि निर्माण व्यवसायीको हक अधिकारका लागि लड्ने लामाले बताएका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ