arrow

पत्रकार महासंघ कोशीमा प्रेस युनियनबाट निर्वाचित सञ्चारकर्मीहरु सम्मानित

logo
रामकुमार परियार,
प्रकाशित २०८१ पुष १७ बुधबार
sitaula-journalist-81-9-17.jpg

मोरङ । नेपाली कांग्रेस कोशी प्रदेशको सूचना , सञ्चार तथा प्रचारप्रसार विभागले हालै सम्पन्न नेपाल पत्रकार महासंघको निर्वाचनमा कोशी प्रदेशमा नेपाल प्रेस युनियनबाट विजयी हुने सञ्चारकर्मीहरुलाई सम्मान गरेको छ ।

विभागले विराटनगरस्थित उद्योग संगठन मोरङको सभाहलमा बुधबार एक कार्यक्रमको आयोजना गरि प्रदेशमा नेपाल प्रेस युनियनबाट निर्वाचित सञ्चारकर्मीहरुलाई सम्मान गरेको हो ।

नेपाली कांग्रेसका पूर्व महामन्त्री तथा राष्ट्रिय सभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा १४ जिल्लाका विभिन्न तहमा निर्वाचित ८० जना सञ्चारकर्मीहरुलाई सम्मान गरिएको थियो । 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि सिटौलाले लोकतन्त्र र प्रेसबीच अन्योन्याश्रृत सम्बन्ध रहेको बताए । उनले नेपालको हरेक राजनीतिक परिवर्तनमा प्रेसले महत्त्वपूर्ण भूमिका खेलेको स्मरण गराउँदै सञ्चारकर्मीहरुप्रति आभार प्रकट गरेका थिए ।

नेपाली कांग्रेस कोशी प्रदेशको सूचना , सञ्चार तथा प्रचारप्रसार विभागका संयोजक बाबुराम कोइराला (बासु) को सभापतित्वमा भएको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरु डा डिला संग्रौला , भिम पराजुली , राजिव ढुंगाना , प्रदेश र जिल्लाका पदाधिकारीहरुसहित प्रदेश सरकारका मन्त्रीहरुको उपस्थिति रहेको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ