सिटी एक्सप्रेसको ‘१८औँ वर्षमा १८ गुणा , परिवारमा खुशी लाखौँ गुणा’ योजना विजेता घोषणा
हाम्रा कुरा
प्रकाशित २०८१ पुष १८ बिहिबार
696
Shares
काठमाडौँ । सिटी एक्सप्रेस मनि ट्रान्सफरले ‘१८औं वर्षमा १८ गुणा, परिवारमा खुशी लाखौँ गुणा’ योजना अन्तर्गत मेगा बम्पर उपहार ‘आफूले पठाएको भन्दा १८ गुणा बढी पाउने’ विजेताको नाम घोषणा गरेको छ ।
चर्चित हास्य कलाकार साथै सिटी एक्सप्रेसका ब्राण्ड एम्बासडर जितु नेपाल र कम्पनीका संस्थापक– प्रबन्ध निर्देशक चन्द्र टण्डनको बिशेष उपस्थितिमा विद्युतीय प्रणालीद्वारा विजेता छनोट गर्दा कोरियाबाट रेमिटान्स पठाउने निराजन ढकालले आफुले पठाएको रकम रू ४१,९०९ (अक्षरूपी एकचालीस हजार नौ सय नौ ) को १८ गुणा गरेर रू ७,५४,३६२ (अक्षरूपी सात लाख चौवन्न हजार तीन सय बैसठ्ठी ) जित्न सफल भएका छन् ।
सिटी एक्सप्रेस मनि ट्रान्सफरले गत असोज १ देखी मङ्सिर ३० गते सम्म चल्ने गरी समस्त नेपालीहरुको महान चाड २०८१ सालको दशैँ, तिहार र छठलाई लक्षित गर्दै आफ्ना ग्राहकवर्गहरुसँग पर्वको खुशी साट्न लगातार ६० दिनसम्म चल्ने ‘१८औं वर्षमा १८ गुणा , परिवारमा खुशी लाखौँ गुणा’ उपहार योजना घोषणा गरेको थियो ।
सोही योजना अन्तर्गत लक्की ड्र मार्फत हरेक महिना २ जनालाई सामसुङको स्मार्ट फोन, हरेक हप्ता २ जनालाई सामसुङको स्मार्ट टिभी साथै ९० दिन लगातार हरेक दिन १८ जना विजेताहरुलाई जनही रु ५०० को सिटी पे वालेट टप अप र अन्त्यमा एक जना भाग्यशाली बम्पर विजेताले आफुले पठाएको रकमको १८ गुणा बढी रकम पाउने योजनामा रहेको थियो ।
जसअन्तर्गत १६२० जनाले दैनिक उपहार ( रु ५०० को वालेट टप अप ), २४ जनाले साप्ताहिक उपहार (सामसुङको स्मार्ट टिभी ) र ६ जनाले मासिक उपहार (सामसुङको स्मार्ट फोन) जित्न सफल भइसकेका छन् ।
सिटी एक्सप्रेस मनि ट्रान्सफरले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै विगत १८ वर्षदेखि संसार भरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ ।
हालै सिटी एक्सप्रेस मनि ट्रान्सफरले सिटी पे वालेट मार्फत अनलाइन भुक्तानीको सेवा चालु गरेको छ साथै सिटी पे बाट रेमिटेन्स भुक्तानी पनि गर्न सकिन्छ ।