arrow

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा ३९ जनाविरुद्ध मुद्दा, रवि एक्लैले पाँच करोड ठगेको निष्कर्ष [अभियोगपत्रसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष २१ आइतबार
ravi-court-81-7-4a.JPG
तस्बिर – फाइल ।

काठमाडौँ । काठमाडौँको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको मुद्दा अदालत पुगेको छ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले आइतबार काठमाडौँ जिल्ला अदालतमा ३९ जनाविरुद्ध मुद्दा दर्ता गराएको हो ।

अभियुक्तहरुबाट एक अर्ब १९ करोड ४९ लाख २१ हजार २ सय ७० रुपैयाँ बिगो कायम गरी ३९ जनाविरुद्ध मुद्दा दर्ता गराएको हो । ३९ जनामध्येका एक पूर्व उपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मात्रै पाँच करोड रुपैयाँ ठगेको प्रहरीको निष्कर्ष छ । 

काठमाडौँ प्रहरीले स्वर्णलक्ष्मीको अनुसन्धान गरेर प्रतिवेदन बिहीबार वकिल कार्यालयमा बुझाएको थियो । अध्ययन गरी जिल्ला अदालतमा दर्ता गर्न समय लागेकाले आइतबारमात्र दर्ता भएको हो । 

यो प्रकरणमा रविसँगै गितेन्द्र बाबु (जीबी) तथा पूर्वडीआईजी छविलाल जोशीसहित ३९ जनाविरुद्ध मुद्धा लगाइएको छ । 

जसमा रवि लामिछानेले मात्रै पाँच करोड रुपैयाँ भन्दा बढी बचत रकम अपचलन गरेको पुष्टि भएको प्रहरी अनुसन्धानले देखाएको छ । 

रविले पाँच करोड आठ लाख ६९ हजार ६३३ रुपैयाँ ५ पैसा अपचलन गरेको पुष्टि भएको देखाएको हो । 

यस्तो छ २१३ पृष्ठ लामो अभियोगपत्र–


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ