arrow

मन्त्री पाण्डेसँग बिम्स्टेक महासचिवको भेट

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष २४ बुधबार
badri-panday-minister-indra.jpg

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्रीप्रसाद पाण्डेसँग बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)का महासचिव इन्द्रमणि पाण्डेले भेट गरेका छन् । 

महासचिव पाण्डे नेतृत्वको प्रतिनिधिमण्डलले आज मन्त्री पाण्डेसँग मन्त्रालयमा भेट गर्नुभएको उनको सचिवालयले जनाएको छ ।

भेटमा उनीहरुबीच बिम्स्टेक देशहरुबीचको भिसा सहजकीकरण, धार्मिक, सांस्कृतिक र पर्यटकीय ‘सर्किट’मा पर्यटन पूर्वाधारको विकासलगायत विषयमा छलफल भएको थियो । 

भेटमा मन्त्री पाण्डेले बिम्स्टेक टुरिजम फण्डलाई वृद्धिगरी त्यसको प्रभावकारी कार्यान्वयका लागि सहयोग गर्न आग्रह गरे । 

उनले नेपालको हवाई उड्डयन क्षेत्रलाई चलायमान बनाउन, पर्यटकीय क्षेत्रलाई अन्तर्राष्ट्रिय जगत्मा पुर्याउन बिम्स्टेक सदस्य राष्ट्रका पर्यटन बोर्डबीचको आबद्धता तथा आपसी आदानप्रदानलगायतका विषयमा जोड दिएका थिए । 

बिम्स्टेक महासचिव इन्द्रमणि पाण्डेले बिम्स्टेकको महत्वपूर्ण एजेण्डा ‘कनेक्टिभिटी’ भएको बताउँदै नेपालको पर्यटन क्षेत्रको विकासमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ