जय ट्रफीको उपाधि भिडन्तमा मौसम भिलेन, समयमै हुन सकेन टस
हाम्रा कुरा
प्रकाशित २०८१ माघ १ मंगलबार
595
Shares
काठमाडौँ । जय ट्रफी पुरुष इलाइट कप क्रिकेटको उपाधि भिडन्त आजदेखि हुँदैछ । वीरगन्जस्थित नारायणी क्रिकेट मैदानमा आज बिहान ९ः३० बजेदेखि शुरु हुनुपर्ने फाइलन खेल दिउँसोसम्म शुरु हुन सकेको छैन ।
प्रतिकुल मौसमका कारण अझैसम्म टस हुन सकेको छैन । तीन दिवसीय फाइनलको पहिलो दिन व्यर्थैमा जाने देखिएको छ । उपाधि भिडन्तमा विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब भिड्दै छन् ।
चार टोली सहभागी रहेको प्रतियोगितामा पुलिस शीर्ष र आर्मी दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेका हुन् ।
प्रतियोगितामा सहभागी बागमती प्रदेश र मधेस प्रदेश भने क्रमशः तेस्रो र चौथो स्थानमा रहँदै बाहिरिएका थिए ।
आपसमा एक एक खेल खेलेपछि अंकका आधारमा आर्मी र पुलिस फाइनलमा पुग्दा बागमती र मधेस बाहिरिएका हुन् । पुलिसले ६६, आर्मीले ५५, बागमतीले ४१.५ तथा मधेसले ३१ अंकमात्र बटुल्यो ।
प्रतियोगिताका समूह चरणका खेल जनकपुरको मैदानमासमेत भएका थिए ।