जय ट्रफी क्रिकेटमा उपाधिका लागि आर्मी र पुलिस मैदानमा
हाम्रा कुरा
प्रकाशित २०८१ माघ १ मंगलबार
671
Shares
काठमाडौँ । जय ट्रफी पुरुष इलाइट कप क्रिकेटको उपाधि भिडन्त भइरहेको छ । वीरगन्जस्थित नारायणी क्रिकेट मैदानमा आज बिहान ९ः३० बजेदेखि शुरु हुनुपर्ने फाइनल खेल दिउँसोमात्र शुरु भएको छ ।
प्रतिकुल मौसमका कारण ढिला गरी खेल शुरु भएको हो । तीन दिवसीय फाइनलमा उपाधि भिडन्तमा विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब रहेका छन् ।
खेलमा टस हारेर पुलिसले पहिले ब्याटिङ गरिरहेको छ । पहिलो बलमै दिलिप नाथलाई गुमाएको पुलिसका लागि कुशल भुर्तेल र अमित श्रेष्ठले भने गतिलो प्रदर्शन गरेका छन् ।
चार टोली सहभागी रहेको प्रतियोगितामा पुलिस शीर्ष र आर्मी दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेका हुन् ।
प्रतियोगितामा सहभागी बागमती प्रदेश र मधेस प्रदेश भने क्रमशः तेस्रो र चौथो स्थानमा रहँदै बाहिरिएका थिए ।
आपसमा एक एक खेल खेलेपछि अंकका आधारमा आर्मी र पुलिस फाइनलमा पुग्दा बागमती र मधेस बाहिरिएका हुन् । पुलिसले ६६, आर्मीले ५५, बागमतीले ४१.५ तथा मधेसले ३१ अंकमात्र बटुल्यो ।
प्रतियोगिताका समूह चरणका खेल जनकपुरको मैदानमासमेत भएका थिए ।