arrow

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षाध्यक्षमा पण्डित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ ७ सोमबार
ram-naresh-pundit-madhes.jpg

धनुषा । वरिष्ठ स्त्रीरोग विशेषज्ञ प्राध्यापक डा रामनरेश पण्डितलाई मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षाध्यक्ष (रेक्टर) पदमा नियुक्त गरिएको छ।

प्रतिष्ठानका उपकुलपति प्राध्यापक डा अङ्कुर साहको सिफारिसमा प्रतिष्ठानका सहकुलपति एवम् मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंहले पण्डितलाई उक्त पदमा नियुक्त गरेका हुन्।

चिकित्साशास्त्रमा २३ वर्ष बिताएका पण्डित वरिष्ठ स्त्रीरोग विशेषज्ञका रुपमा परिचित छन्।

उनले आइतबार नै पदभार ग्रहण गरेका छन्।

यसअघि प्रादेशिक अस्पताल जनकपुरधामका निर्देशकको जिम्मेवारी सम्हालिसकेका उनको कार्यकाल पाँच वर्षको रहनेछ।

प्रतिष्ठानमा लामो समयदेखि शिक्षाध्यक्ष पद रिक्त रहेको थियो। पण्डितको नियुक्तिपछि अब प्रतिष्ठानको शैक्षिक कार्यमा सुधारको अपेक्षा गरिएको छ।

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा यसै वर्षदेखि एमबिबिएस पढाइ सुरु भएको छ।

पहिलेदेखि नै चिकित्सा विज्ञानका चार विभिन्न विषयमा स्नातक तथा स्नातकोत्तरको पठनपाठन हुँदै आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ