arrow

वर्तमान सरकारप्रति जनताको भरोसा छ : सञ्चारमन्त्री गुरुङ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ ८ मंगलबार
prithivisubba-gurung-lamjung-pabsan.jpg
फाइल तस्बिर

लमजुङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकारप्रति जनताको भरोसा रहेको बताएका छन् ।

मध्यनेपाल नगरपालिका-१ जीतास्थित सप्तधारा माध्यमिक विद्यालयको ९१औँ वार्षिक उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले अर्थतन्त्र, सुशासन, भ्रष्टाचार नियन्त्रण, पूर्वाधार, शिक्षा स्वास्थ्य खानेपानी, बिजुलीदेखि विविध क्षेत्रको सुधार गर्दै देश समृद्धितर्फ अघि बढिरहेको बताए ।

जनताको भरोसा टुट्न नदिन सरकार सबै क्षेत्रमा सुधारतर्फ अघि बढिरहेको उनको भनाइ थियो । 

सरकारको पहिलो प्राथमिकता जनताको सेवा, आर्थिक क्षेत्र र सुशासन रहेको सञ्चारमन्त्री गुरुङले बताए ।

उनले भने, ‘जनता र मुलुकको विकासलाई ध्यानमा राखेर सरकारले काम गरिरहेकाले चाँडै विकासले फड्को मार्ने छ ।’

वर्तमान सरकारको गठबन्धन आगामी निर्वाचनसम्मै कायम रहने उनले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ