arrow

इङ्गल्याण्डविरुद्ध भारतको रोमाञ्चक जित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ १३ आइतबार
suryakumar-tilak-verma.jpg
तस्बिर – तिलक वर्मा र सूर्यकुमार यादव, बीसीसीआई ।

काठमाडौँ । इङ्गल्याण्ड विरुद्धको दोस्रो टी–२० क्रिकेटमा भारतले रोमाञ्चक जित हासिल गरेको छ । 

चेन्नईमा शनिबार राति भएको खेलमा भारतले २ विकेटको जित हासिल गरेको हो । १६६ रनको चुनौती भारतले १९.२ ओभरमा ८ विकेटको क्षतिमा पूरा गर्यो । 

७८ रन बनाउँदा ५ विकेट गुमाइसकेको भारतका लागि तिलक वर्माले ५५ बलमा अविजित रहँदै ७२ रन बनाएसँगै भारतले रोमाञ्चक जित हासिल गरेको हो । त्यस्तै रवि विष्नोईले ५ बलमा अविजित रहँदै ९ रन बनाए । वाशिंगटन सुन्दरले १९ रन जोडे । ब्रेडन कार्सले ३ विकेट लिए । 

यसअघि इङ्गल्याण्डले पहिले ब्याटिङ गर्दै ९ विकेटको क्षतिमा १६५ रन बनायो । कप्तान जोस बट्लरले ३० बलमा ४५ तथा अलराउन्डर ब्रेडन कार्सले १७ बलमा ३१ रन बनाए । भारतका लागि अक्षर पटेल र वरुण चक्रवर्थीले २–२ विकेट लिए ।

जितसँगै भारतले पाँच खेलको श्रृंखलामा २–० ले अग्रता लिएको छ । तेस्रो खेल मंगलबार राजकोटमा हुनेछ । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ