arrow

एपीएफ बन्यो एन्फा महिला लिग च्याम्पियन, १०२ गोल गर्दा खायो मात्र ६ गोल [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ १६ बुधबार
anfa-league-women-2081-fina.gif

काठमाडौँ । विभागीय टोली एपीएफ क्लब अपराजित रहँदै एन्फा महिला लिग फुटबलको च्याम्पियन भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार सम्पन्न फाइनलमा एपीएफले विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबलाई ४–० ले हराउँदै च्याम्पियन भएको हो । 

राष्ट्रिय टोलीका खेलाडीले भरिएको एपीएफ महिला लिगभर विपक्षीविरुद्ध दबाब बनाउँदै लिगको सबैभन्दा उत्कृष्ट टोली बन्न सफल भयो । 

लिगका कुल १९ खेल खेल्दा एपीएफले १८ जित र एक बराबरीको नतिजा बनाउन सफल भयो  एपीएफ एक मात्र जितविहीन लिग चरणमा पुलिसविरुद्ध नै भएको हो । 

त्यसबाहेक अन्य खेल भने एपीएफको पक्षमा रह्यो । आक्रामक अग्रपंक्तिको साथ पाएपछि एपीएफले लिगभर विपक्षीको पोस्टमा कुल १०२ गोलको वर्षा गर्यो । 
डिफेन्समा पनि उत्कृष्ट भएको एपीएफले कुल ६ गोलमात्र खाएको छ । 

लिग चरणमा पुलिससँग गोलरहित बराबरी खेल्दाबाहेक सबै खेलमा एपिएफले गोल गरेको छ । यस सिजन पुलिससँग एपीएफ चौथो पल्ट प्रतिष्पर्धा गरेको हो । फाइनलमा पनि पुलिसले एपीएफलाई रोक्न प्रयास गरे पनि सफल भएन । 

पुलिस ६३ औँ मिनेटसम्म एपीएफको आक्रमणलाई रोक्न सफल रह्यो । त्यसपछि एपीएफ पूर्ण हाबी भयो र चार गोल गर्यो । एपीएफका सविता रानामगरले दुई गोल गरिन् । सरु लिम्बू र अनु लामाले समान एक गोल गरे । त्यसअघि पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

तर ६४ औं मिनेटमा सविताको गोलमार्पmत एपिएफले शुरुआती अग्रता लियो । अनिता केसीसँग तालमेल मिलाउँदै सरु लिम्बूले दिएको क्रसमा सविताले सहजै बललाई जालीको दिशा देखाइनन् । 

यो गोल पछि एपिएफ आक्रामक बन्यो । त्यसको पाँच मिनेटपछि नै दोस्रो गोल गर्यो । सरुले एपिएफको अग्रता दोब्बर बनाइन् । रश्मिकुमारी घिसिङको हेडर बारमा लागेर फर्कियो ।

त्यही बललाई सरुले फिनिसिङ गरिन् । ८३ औं मिनेटमा सविताले व्यक्तिगत दोस्रो गोल गरेपछि एपिएफले खेल पूर्ण रूपमा आफ्नो नियन्त्रणमा राख्यो । प्रीति राईले मध्यभागभन्दा तलबाट दिएको लामो क्रस सुदयोग गर्दै उनले गोलमा गरेकी हुन् ।

इन्जुरी समयमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेकी अनुले गोल गर्दै एपीएफको ४–० को जित पक्का गरिन् । उनी ८७औँ मिनेटमा रेनुका नगरकोटेको स्थानमा मैदान प्रवेश गरेकी थिइन् । 

यो खेलबाट नै अनुले आफ्नो घरेलु फुटबलको करियरबाट पनि सन्यास घोषणा गरिन् । उनले सन् २०१९ मा नै राष्ट्रिय टोलीबाट सन्यास लिएकी थिइन् । प्रतियोगितामा एपिएफकै खेलाडी विधागत पुरस्कार हाबी भए । एपिएफकी सर्वात्कृष्ट खेलाडी सबिता रानामगर भइन् । उनले एक लाख नगद पुरस्कार र ट्रफी पाइन् । 

उत्कृष्ट गोलकिपर एपीएफकी साबित्री किसन र सर्वाधिक गोलकर्ता (३५ गोल) पनि एपीएफकै रश्मिकुमारी घिसिङ भइन् । 

दुवैले समान ५० हजार रुपैयाँ पाए । विजेता एपीएफले ११ हजार र उपविजेता पुलिसले पाँच लाख पायो । 

प्रतियोगिताका विजेता परराष्ट्रमन्त्री आरजू देउवा राणा, पूर्वमन्त्री मोहन बस्नेत, राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्यद्वय अञ्जना श्रेष्ठ मास्के र भानबहादुर चन्द र अखिल नेपाल फुटबल संघका अध्यक्ष पंकजविक्रम नेम्बाङ र महासचिव किरण राईले पुरस्कृत गरेका थिए । 

anfa-league-women-2081-final (1).jpg
anfa-league-women-2081-final (2).jpg
anfa-league-women-2081-final (3).jpg
anfa-league-women-2081-final (4).jpg
anfa-league-women-2081-final (5).jpg
anfa-league-women-2081-final (6).jpg
anfa-league-women-2081-final (7).jpg
anfa-league-women-2081-final (8).jpg
anfa-league-women-2081-final (9).jpg
anfa-league-women-2081-final (10).jpg
anfa-league-women-2081-final (11).jpg
anfa-league-women-2081-final (12).jpg
anfa-league-women-2081-final (13).jpg
anfa-league-women-2081-final (14).jpg
anfa-league-women-2081-final (15).jpg
anfa-league-women-2081-final (16).jpg
anfa-league-women-2081-final (17).jpg
anfa-league-women-2081-final (18).jpg
anfa-league-women-2081-final (19).jpg
anfa-league-women-2081-final (20).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ