स्रोतसाधनको सदुपयोग गरेमात्र विकास निर्माणले गति लिन्छ : मुख्यमन्त्री
हाम्रा कुरा
प्रकाशित २०८१ माघ १७ बिहिबार
666
Shares
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले उपलब्ध स्रोतसाधनको सही सदुपयोग गरेमात्र विकास निर्माणले गति लिने बताएका छन् ।
सुर्खेतमा जनतासँग मुख्यमन्त्री कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्रीले पहिला थोरै स्रोतसाधनले धेरै विकास हुने गरेको भए पनि अहिले तुलनात्मक रुपमा धेरै स्रोतसाधन प्रयोग हुँदा पनि कम विकास हुने गरेको उल्लेख गरे ।
जनताको घरदैलोमा गएर समस्या बुझ्ने र सरकारले नीति बनाइ त्यसको आधारमा बजेट व्यवस्था गर्ने काम प्रदेश सरकारले गरिरहेको मुख्यमन्त्री कँडेलको भनाइ थियो ।
जनताले कामका आधारमा मूल्याङ्कन गर्ने भएकाले काम गरेर देखाउने बाटोमा प्रदेश सरकार रहेको उनले बताए ।
जनतासमक्ष प्रत्यक्ष भेटघाट गरेर गुनासो सुन्ने र उनीहरुको भावना अनुसार समस्या समाधान गर्ने योजना प्रदेश सरकारले बनाएको मुख्यमन्त्री कँडेलले उल्लेख गरे ।