arrow

त्रिकोणात्मक महिला टी–२० मा नेदरल्याण्ड्सलाई हराउन नेपाल १५८ रनको चुनौती पछ्याउँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ १७ बिहिबार
nep-net-women-t20.gif

काठमाडौँ । त्रिकोणात्मक टी–२० क्रिकेट श्रृंखला काठमाडौँमा शुरु भएको छ । पहिलो खेलमा नेपालले नेदरल्याण्ड्ससँग खेलिरहेको छ । जितका लागि नेपालले १५८ रनको चुनौती पछ्याउँदैछ । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर नेदरल्याण्ड्सले पहिले ब्याटिङ गर्दै ४ विकेटको क्षतिमा १५७ रन बनायो । 

रोविने रिज्केले ४८ बलमा अविजित रहँदै ५९ तथा आइरिस विलिङले १३ बलमा अविजित रहँदै ३१ रन जोडिन् । 

यहाँनेर नेपाली टोलीकी कप्तान इन्दू वर्माले टस जितेर पहिला बलिङ गर्ने निर्णय विफल भएको छ । 

नेपालका लागि यू–१९ टिमकी कप्तान पूजा महतो, कविता कुँवर, ईश्वरी बिष्ट र सीता राना मगरले एक एक विकेट लिए । 

घरेलु टोलीको इतिहासमा नै पहिलो पटक नेपाली महिला टोलीले नेदरल्याण्ड्सको सामना गरिरहेको हो । महिला टी–२० वरीयतामा नेदरल्याण्ड्स १६औंँ स्थानमा रहँदा नेपाल भने २० औँ स्थानमा छ । 

यो त्रिकोणात्मक श्रृंखलामा नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्डको सहभागिता रहेको छ । सहभागी टोलीले एकअर्कासँग समान तीन पटक खेल्नेछन् । त्यसमा अङ्क तालिकाको शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्नेछ । 

नेपाली महिला टोलीमा कप्तान वर्मासहित विन्दू रावल, सम्झना खड्का, कविता कुँवर, ममता चौधरी, पूजा महतो, राजमती ऐरी, रुविना क्षेत्री, अलिसाकुमारी यादव, रेवती धामी, ईश्वरी बिष्ट, सीता राना मगर, कविता जोशी, रोमा थापा र मनिषा उपाध्याय छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ