arrow

[अपडेट]त्रिकोणात्मक महिला टी–२० मा नेपाल र थाइल्याण्ड मैदानमा, नेपाल ब्याटिङमा, दुई खेलाडीको डेब्यु 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ १९ शनिबार
t20-w-nep-thai.jpg

काठमाडौँ । त्रिकोणात्मक टी–२० महिला क्रिकेट श्रृंखलाको दोस्रो खेलमा अहिले नेपालले थाइल्याण्डसँग खेलिरहेको छ । 

त्रिवि मैदान कीर्तिपुरमा भइरहेको खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ । नेपालले खराब शुरुआत गरेको छ । 

नेपाली टिममा दुई खेलाडीले टी–२० मा डेब्यु गरेका छन् । डेब्यु गर्ने खेलाडीमा अलिशा यादव र मनिषा उपाध्याय हुन् । 

पहिलो खेलको नतिजा

नेपालले कमजोर शुरुआत गरेको छ । पहिलो खेलमा नेपालले नेदरल्याण्ड्ससँग २० रनको हार बेहोर्यो । 

जितका लागि नेपालले १५८ रनको चुनौती पछ्याउने क्रममा ७ विकेटको क्षतिमा १३७ रन बनायो । सीता राना मगरले ४५ बलमा २८, कविता जोशीले १७ बलमा २७ तथा पूजा महतोले १४ बलमा २४ रन बनाए बाहेक अन्य ब्याटरले उल्लेखनीय खेल्न सकेनन् । 

नेदरल्याण्ड्सकी क्यारोलिन डे लाङ्गे र इभा लिन्चले समान २–२ विकेट लिए । 

यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर नेदरल्याण्ड्सले पहिले ब्याटिङ गर्दै ४ विकेटको क्षतिमा १५७ रन बनायो । 

रोविने रिज्केले ४८ बलमा अविजित रहँदै ५९ तथा आइरिस विलिङले १३ बलमा अविजित रहँदै ३१ रन जोडिन् । 

यहाँनेर नेपाली टोलीकी कप्तान इन्दू वर्माले टस जितेर पहिला बलिङ गर्ने निर्णय विफल भएको थियो । 

नेपालका लागि यू–१९ टिमकी कप्तान पूजा महतो, कविता कुँवर, ईश्वरी बिष्ट र सीता राना मगरले एक एक विकेट लिए । 

घरेलु टोलीको इतिहासमा नै पहिलो पटक नेपाली महिला टोलीले नेदरल्याण्ड्सको सामना गरेको हो । महिला टी–२० वरीयतामा नेदरल्याण्ड्स १६औंँ स्थानमा रहँदा नेपाल भने २० औँ स्थानमा छ । 

यो श्रृंखलाको खेल्ने शैली
सहभागी टोलीले एकअर्कासँग समान तीन पटक खेल्नेछन् । त्यसमा अङ्क तालिकाको शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्नेछ । 

आइतबार नेपाल र नेदरल्याण्ड्स खेल्नेछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ