arrow

अभिषेकको कीर्तिमानी शतकले भारतले हरायो इङ्गल्याण्डलाई 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ २१ सोमबार
abhishekh-sharma-india-gett.jpg
तस्बिर – गेट्टि इमेजेज ।

काठमाडौँ । भारतले इङ्गल्याण्ड विरुद्धको पाँच खेलको टी–२० क्रिकेट श्रृंखला ४–१ ले जितेको छ । आइतबार राति मुम्बईमा भएको अन्तिम खेलमा १५० रनको जित हासिल गर्दै भारतले श्रृंखलामाथि कब्जा जमाएको हो । 

खेलमा पहिले ब्याटिङ गरेको भारतले ९ विकेटको क्षतिमा २४७ रन बनायो । अभिषेक शर्माले अलराउन्ड प्रदर्शन गर्ने क्रममा ५४ बलमा १३५ रन बनाए । 

यो भारतीय कुनै पनि ब्याट्सम्यानको टी–२० मा सर्वाधिक रन हो । 

अभिषेकले १७ बलमा अर्धशतक बनाएका थिए । यो दोस्रो छिटो हो भारतका लागि । 

सन् २००७ को विश्वकपमा युवराज सिंहले १२ बलमै अर्धशतक बनाएका थिए । अभिषेकले ३७ बलमा शतक पूरा गरेका थिए । ३७ बलमा अर्धशतक दोस्रो भारतीयको उच्च हो । 

रोहित शर्माले ३५ बलमा शतक बनाइसकेका छन् । रोहितले सन् २०१७ मा श्रीलंकाविरुद्ध ३५ बलमै शतक हानेका थिए । 

उनले एकै इनिङ्समा १३ छक्काको कीर्तिमान पनि बनाएका छन् । यसअघि यो कीर्तिमान रोहित शर्माको नाममा १० छक्का रहेको थियो । 

जवाफमा इङ्गल्याण्डले १०.३ ओभरमा अलआउट हुँदै ९७ रनमात्र बनायो । ओपनर फिल साल्टले २३ बलमा ५५ तथा ग्याकब बेथेलले १० रन बनाए बाहेक कुनै पनि ब्याटर दोहोरो स्कोर खडा गर्न सकेनन् । 

मोहम्मद शामीले ३ तथा अभिषेश शर्माले १ ओभर बलिङ गर्दै ३ रन दिएर २ विकेट लिए । 

त्यस्तै वरुण चक्रवर्ती र शिवम दुवेले २–२ विकेट लिए । 

भारतले १५० रनको जित हासिल गरेको टी–२० मा दोस्रो ठूलो अन्तर हो । यसअघि सन् २०२३ मा न्यूजिल्याण्डमाथि १६८ रनको जित हासिल गरेको थियो । 

उक्त खेलको अन्तिम क्षणमा इङ्गल्याण्डका पूर्व प्रधानमन्त्री ऋषि सुनक, बलिउड अभिनेता आमिर खान पुगेका थिए । 

अब भारतले इङ्गल्याण्डसँग आगामी बिहीबारदेखि शुरु हुने तीन खेलको एक दिवसीय क्रिकेट श्रृंखला खेल्नेछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ