arrow

महिला टी–२० श्रृङ्खलाको अन्तिम खेलमा नेपाल थाइल्याण्डविरुद्ध ब्याटिङमा, राजमतीको डेब्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ २५ शुक्रबार
rajmati-airee-debut-25-2-7.jpg
तस्बिर – राजमती ऐरी टी–२० अन्तर्राष्ट्रियमा डेब्यु गर्दै ।

काठमाडौँ । महिला टी–२० श्रृङ्खलाको अन्तिम खेलमा नेपालले थाइल्याण्डविरुद्ध ब्याटिङ गरिरहेको छ । 

कीर्तिपरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाली टोलीकी कप्तान इन्दू वर्माले टस जितेर पहिला ब्याटिङ रोजेकी हुन् । नेपालको लज्जास्पद ब्याटिङ प्रदर्शन कायमै रहेको छ । 

नेपाल यसअघि खेलेका पाँच वटै खेलमा पराजित भएको छ । यसअघि नेपाल नेदरल्याण्ड्ससँग २० रन, १५ रन र १० विकेटले तथा थाइल्याण्डसँग ४ विकेट र पाँच रनले पराजित भएको थियो ।

थाइल्याण्ड भने यसअघि खेलेका पाँच खेलमध्ये चारमा जित निकाल्दै अङ्क तालिकाको शीर्ष स्थानमा रहेर उपाधि सुरक्षित गरिसकेको छ । 

यसअघि थाइल्याण्डले नेदरल्याण्ड्सलाई ८ विकेट र १७ रनले हराएको थियो । यस्तै थाइल्याण्ड पछिल्लो खेलमा भने नेदरल्याण्ड्ससँग १ विकेटले पराजित भएको थियो ।

आजको खेलबाट राजमती ऐरीले टी–२० अन्तर्राष्ट्रियमा डेब्यु गरेकी छिन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ