arrow

अख्तियार स्थापना दिवस [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ २८ सोमबार
ciaa-34th-anniversary-(14).jpg

काठमाडौँ । भ्रष्टाचार नियन्त्रणका लागि स्थापित अख्तियार दुरुपयोग अनुसन्धान आयोग आजदेखि ३४ औँ वर्षमा प्रवेश गरेको छ । सुशासन प्रवद्र्धनसम्बन्धी विविध कार्यक्रमका साथ आज टङ्गालस्थित आयोगको कार्यालयमा ३४ औँ स्थापना दिवस मनाइएको छ । 

राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो । सभामुख देवराज खनाल अतिथि थिए । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल पनि अतिथिका रुपमा रहेका थिए ।

सबै किसिमका भ्रष्टाचार नियन्त्रण गर्ने उद्देश्यले स्थापना भएको आयोग संवैधानिक निकाय हो । 

नेपालको संविधानले आयोगलाई भ्रष्टाचार नियन्त्रणमा केन्द्रित भई कार्य गर्नेगरी  अधिकार प्रदान गरेको छ । संविधानको मर्मअनुसार आयोगले दण्डात्मक, निरोधात्मक, प्रवद्र्धनात्मक र संस्थागत क्षमता विकासका रणनीतिलाई अङ्गीकार गर्दै आफ्नो भूमिका निर्वाह गरिरहेको छ ।

संविधानको धारा २३९ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम, कर्तव्य र अधिकारको व्यवस्था गरिएको छ । उक्त धारामा ‘कुनै सार्वजनिक पद धारण गरेको व्यक्तिले भ्रष्टाचार गरी अख्तियारको दुरुपयोग गरेको सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कानूनबमोजिम अनुसन्धान गर्न वा गराउन सक्ने’ उल्लेख  छ ।

आयोगले सार्वजनिक पद धारण गरेको कुनै व्यक्तिले कानून बमोजिम भ्रष्टाचार मानिने कुनै काम गरेको देखिएमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्यस्तो व्यक्ति र सो अपराधमा संलग्न अन्य व्यक्ति उपर कानूनबमोजिम अधिकार प्राप्त अदालतमा मुद्दा दायर गर्न वा गराउन सक्नेछ ।

आयोगको ३४ औँ वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८०–८१ मा आयोग र मातहतका कार्यालयमा २६ हजार नौ सय १८ उजुरी र गत आवबाट जिम्मेवारी सरेर आएका नौ हजार दुई सय ६८ गरी ३६ हजार एक सय ८६ उजुरीमध्ये कूल २७ हजार सात सय १४ फछ्र्यौट भएका छन् । 

ciaa-34th-anniversary (1).jpg
ciaa-34th-anniversary (2).jpg
ciaa-34th-anniversary (3).jpg
ciaa-34th-anniversary (4).jpg
ciaa-34th-anniversary (5).jpg
ciaa-34th-anniversary (6).jpg
ciaa-34th-anniversary (7).jpg
ciaa-34th-anniversary (8).jpg
ciaa-34th-anniversary (9).jpg
ciaa-34th-anniversary (10).jpg
ciaa-34th-anniversary (11).jpg
ciaa-34th-anniversary (12).jpg
ciaa-34th-anniversary (13).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ