नेपाली विद्यार्थीको हत्याबारे उडिसाको विश्वविद्यालयले माग्यो माफी
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन ६ मंगलबार
1.1k
Shares
उडिसा । भारतको ओडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयले माफी मागेको छ।
एक जना नेपाली विद्यार्थीको हत्या भएपछि नेपाली विद्यार्थीमाथि लगाइएको अस्थायी निलम्बन फिर्ता लिएको घोषणासमेत गरेको छ । बुटवलकी प्रकृति लम्सालको हत्या भएको हो ।
केआईआईटीले सोमबार एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘विद्यार्थीहरूलाई क्याम्पसमा फर्किन प्रोत्साहन गरिन्छ र सामान्य शैक्षिक गतिविधिमा भाग लिनेछन् जुन चाँडै पुनर्स्थापित गरिनेछ, यस अवधिमा उनीहरूको शैक्षिक पक्षलाई बाधा पुर्याइने छैन र विश्वविद्यालयले उनीहरूको हेरचाह गर्नेछ ।’
शैक्षिक कक्षा र छात्रावासको अस्थायी निलम्बन तुरुन्तै फिर्ता लिइएको जनाउँदै बिज्ञप्तिमा भनिएको छ, ‘शान्ति कायम राख्न र उचित न्याय सुनिश्चित गर्ने उदेशयले यो कदम चालिएको हो ।
केआईआईटीले थप अप्रिय घटनाहरू हुन नदिन र सहज र निष्पक्ष अनुसन्धान सुनिश्चित गर्न नेपाली विद्यार्थीलाई स्थानीय सोधपुछ भइरहेकोसमेत जनाएको छ ।
आइतबार २० वर्षीया नेपाली छात्रा प्रकृति लम्साल होस्टेलमा मृत अवस्थामा भेटिएकी थिइन् । उनले आत्महत्या गरेको आशंका गरिए पनि सो कारण अप्रत्याशित रूपमा विश्वविद्यालय प्रशासनले नेपाली विद्यार्थीमाथि धरपकड गरिएको थियो ।
सो घटनाका बारेमा प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्र मन्त्री डा आरजू राणा देउवाले पनि चासो ब्यक्त गरेकी थिइन् ।
यता विद्यार्थीहरुले पनि विरोध प्रदर्शन गरेका थिए ।