arrow

महिला फुटबल च्याम्पियनशिपमा नेपाल र म्यानमार बराबरीमा [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन ११ आइतबार
nepal-myanmanr-women-footba.jpg

काठमाडौँ । चार देश सम्मिलित अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनशिप अन्तर्गत नेपाल र म्यानमार बीचको खेल बराबरीमा सकिएको छ । लिग चरणको अन्तिम खेलमा आइतबार दुवै देशले २–२ गोलको बराबरी खेलेका हुन् । 

दशरथ रङ्गशालामा भएको खेलअन्तर्गत पहिलो हाफ नेपाल र म्यानमाले २–२ गोलको बराबरी खेलेका थिए । तर दोस्रो हाफको खेलमा भने दुवै टोलीले गोल गर्न सकेनन् ।  

पहिलो हाफमा खेलको छैटौँ मिनेटमा घरेलु दर्शकलाई स्तब्ध पार्दै म्यानमारले पहिलो गोल गरेको थियो । उक्त गोल म्यानमाका लागि फ्रि–किकमा म्याट नोइ खिनले गरेकी थिइन् । लगत्तै खेलको ११ औँ मिनेटमा नेपालका लागि सविता रानामगरले गोल गरिन् । उनले खेललाई १–१ गोलको अवस्थामा पुर्याइन् ।  

यसैगरी खेलको १७औँ मिनेटमा म्यानमारले नेपालविरुद्ध दोस्रो गोल गर्यो । म्यानमारका लागि उक्त गोल मे टेट लुले गरेकी थिइन् । पहिलो हाफको अन्तिम समयमा नेपालका लागि सावित्रा भण्डारी ‘साम्बा’ले गोल गरिन् । 

उनले खेलको ४१औँ मिनेटमा प्रीति राईको उत्कृष्ट पासमा गोल गरेकी थिइन् । दोस्रो हाफमा भने नेपाल र म्यानमाका तर्फबाट पटक पटक गोल गर्ने प्रयास भए पनि सफल भने हुन सकेनन् । 

यसअघि नेपाल र म्यानमारले लेबनान र कीर्गिस्तानलाई पराजित गरेका थिए । अब नेपाल र म्यानमारबीच बुधबार फाइनल खेल हुने छ ।  

nepal-myanmanr-women-football-25-2-23 (20).jpg
nepal-myanmanr-women-football-25-2-23 (1).jpg
nepal-myanmanr-women-football-25-2-23 (2).jpg
nepal-myanmanr-women-football-25-2-23 (3).jpg
nepal-myanmanr-women-football-25-2-23 (4).jpg
nepal-myanmanr-women-football-25-2-23 (5).jpg
nepal-myanmanr-women-football-25-2-23 (6).jpg
nepal-myanmanr-women-football-25-2-23 (7).jpg
nepal-myanmanr-women-football-25-2-23 (8).jpg
nepal-myanmanr-women-football-25-2-23 (9).jpg
nepal-myanmanr-women-football-25-2-23 (10).jpg
nepal-myanmanr-women-football-25-2-23 (11).jpg
nepal-myanmanr-women-football-25-2-23 (12).jpg
nepal-myanmanr-women-football-25-2-23 (13).jpg
nepal-myanmanr-women-football-25-2-23 (14).jpg
nepal-myanmanr-women-football-25-2-23 (15).jpg
nepal-myanmanr-women-football-25-2-23 (16).jpg
nepal-myanmanr-women-football-25-2-23 (17).jpg
nepal-myanmanr-women-football-25-2-23 (18).jpg
nepal-myanmanr-women-football-25-2-23 (19).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ