काठमाडौँ । सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश स्वीकृत भएको छ । प्रतिनिधि सभाको बैठकबाट उक्त अध्यादेश बहुमतले स्वीकृत भएको हो ।
आज प्रतिनिधि सभाको बैठकमा नेकपा एकीकृत समाजवादीका सांसद भानुभक्त जोशीले अस्वीकारको सूचना राखेकामा उनको प्रस्ताव बहुमतले अस्वीकृत भएसँगै पारितका लागि प्रधानमन्त्रीको तर्फबाट संचारमन्त्री पृथ्वीसुब्बा गुरुङले पेश गरेको अध्यादेश पारित भएको हो ।
यसअघि विपक्ष दलका सांसदहरुले अध्यादेश अस्वीकार गर्न आग्रह गरेका थिए ।