arrow

युगान्डाविरुद्ध नेपालको एक विकेटको सनसनीपूर्ण जित  

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २५ आइतबार
t20-nep-25-3-9.jpg

काठमाडौँ । युगान्डामा भइरहेको चार देश सम्मिलित महिला टी–२० क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा नेपाल विजयी भएको छ । आइतबार भएको खेलमा नेपालले आयोजक युगान्डालाई १ विकेटले हराएको हो । 

जितका लागि नेपालले पाएको ७६ रनको चुनौती १ बल खेल्न बाँकी छँदै ९ विकेटको क्षतिमा पूरा गर्यो । नेपालका लागि साना प्रविनले १७ तथा पूजा महतोले १६ रन बनाइन् । 

यसअघि खेलमा टस जितेर नेपालले पहिले बलिङ गर्दै युगान्डालाई ७५ रनमा रोक्यो । युगान्डाले २० ओभरमा ७ विकेटको क्षतिमा ७५ रन बनाएको हो । 

इमाकुलेट नाकिसुईले सर्वाधिक २२ रन बनाएको इनिङ्सलाई सस्तैमा समेट्ने क्रममा पूजा महतोले ३ तथा इन्दू वर्माले २ विकेट लिइन् । 

जारी प्रतियोतिामा नामिबियाविरुद्धको पहिलो खेलमा पराजय भोगेको नेपाल दोस्रो खेलमा भने विजयी भएको हो ।

शनिबार भएको पहिलो खेलमा नेपाल नामिबियासँग ६ विकेटले पराजित भएको थियो । युगान्डाले भने पहिले खेलमा हङकङलाई ८ विकेटले पराजित गरेको थियो । 

जारी शृङ्खलामा नेपाल, युगान्डा, नामिबिया र हङकङको सहभागिता छ ।

नेपालले सोमबार हङकङसँग खेल्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ