arrow

भूकम्प नेपालको विकास निर्माणका लागि समस्या बनेको छ - राष्ट्रपति पौडेल [भिडियो]

कार्बन उत्सर्जनले कार्बन उत्सर्जनमा नगण्य योगदान गर्ने नेपाल जस्तो विकासशील देशमा झनै बढी असर पारेको

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २६ सोमबार
ramchandra-11-25.jpg

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्प नेपालको विकास निर्माणका लागि समस्याको रूपमा रहेको बताएकी छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले हिमालय पर्वत शृङ्खलामा बेला-बेलामा गइरहने भूकम्प देशको विकास निर्माणका लागि समस्याको रूपमा रहेको बताए । उनले केही प्राकृतिक प्रकोपहरूको पूर्वानुमान गर्ने पद्धतिको विकास भइसकेको भए पनि भूकम्प सम्बन्धी पूर्वानुमान गर्न सकिने संयन्त्र आज पर्यन्त पत्ता लगाउन नसकिएको उल्लेख गरे । 

उनले विकसित मुलुकहरूमा भएको अनुसन्धान, औद्योगीकरण, जीवाश्म इन्धनको दोहन, कार्बन उत्सर्जनले कार्बन उत्सर्जनमा नगण्य योगदान गर्ने नेपाल जस्तो विकासशील देशमा झनै बढी असर पारेको बताए । उनले यसले गर्दा पृथ्वीको तापक्रममा वृद्धि भइरहेको बताए । उनले विगत तीन दशकको अवधिमा हिमालमा रहेका हिउँ नदीहरूको हिउँ एक तिहाइ घटिसकेको उल्लेख गर्दै हिमतालहरू विस्फोटनको संघारमा रहेको बताए । उनले अतिवृष्टिबाट हुने जल प्रकोप, पहिरो र भूक्षयबाट वर्षेनी थुप्रै जनधनको क्षति भइरहेको बताए । 

राष्ट्रपति पौडेलले भने, ‘विकसित मुलुकहरूमा भएको अनुसन्धान, औद्योगीकरण, जीवाश्म इन्धनको दोहन, कार्बन उत्सर्जनले कार्बन उत्सर्जनमा नगण्य योगदान गर्ने नेपाल जस्तो विकासशील देशमा झनै बढी असर पारेको सर्वविदितै छ । यसले गर्दा पृथ्वीको तापक्रममा वृद्धि भइरहेको छ । र विगत तीन दशकको अवधिमा हिमालमा रहेका हिउँ नदीहरूको हिउँ एक तिहाइ घटिसकेको छ । हिमतालहरू विस्फोटनको संघारमा छन् । यसै गरी अतिवृष्टिबाट हुने जल प्रकोप, पहिरो र भूक्षयबाट वर्षेनी थुप्रै जनधनको क्षति भइरहेको छ । जलवायु परिवर्तनको कारक नभए पनि मार खेप्नुपर्ने नेपाल जस्ता मुलुकहरूका लागि जलवायु न्यायको विषय पनि यो सम्मेलनमा प्रखर रूपमा उठोस् भन्ने म चाहन्छु । यहाँ उपस्थित वैज्ञानिकहरूले जलवायु न्यायको मुद्दालाई विश्व जगतमा पुर्‍याउनुहुनेछ भन्ने अपेक्षा गरेको छु । हिमालय पर्वत शृङ्खलामा बेला बेलामा गइरहने भूकम्प पनि हाम्रो देशको विकास निर्माणका लागि समस्याको रूपमा रहेको छ । केही प्राकृतिक प्रकोपहरूको पूर्वानुमान गर्ने पद्धतिको विकास भइसकेको भए पनि भूकम्प सम्बन्धी पूर्वानुमान गर्न सकिने संयन्त्र आज पर्यन्त पत्ता लगाउन सकिएको छैन ।’

राष्ट्रपति पौडेलले जलवायु परिवर्तनको कारक नभए पनि मार खेप्नुपर्ने नेपाल जस्ता मुलुकहरूका लागि जलवायु न्यायको विषय महत्त्वपूर्ण रहेको बताए । जलवायु न्यायको मुद्दालाई विश्व जगतमा पुर्‍याउन जरुरी रहेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ