arrow

महिला टी–२० क्रिकेटमा नेपाल र नामिबिया भिड्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २८ बुधबार
t20-nep-25-3-9.jpg

काठमाडौँ । युगाण्डामा जारी चार देशीय टी–२० क्रिकेट श्रृंखलामा आज नेपालले नामिबियासँग खेल्दैछ । दोस्रो चरणमा नेपालले नामिबियासँग खेल्न लागेको हो । 

खेल नेपाली समयअनुसार दिउँसो १२ः४५ बजे शुरु हुनेछ । यस श्रृंखलामा नेपालले खेलेका ३ खेलमा एक जित र २ हार बेहोरेको छ । नेपालले यसअघि नामिबिया र हङकङसँग हार बेहोरेको थियो भने आयोजक युगाण्डालाई पराजित गरेको थियो । त्यस्तै नामिबियाले पनि ३ खेलमा एक जित र २ हार बेहोरेको छ ।

नेपालले बिहीबार युगाण्डासँग र शुक्रबार हङकङसँग खेल्ने तालिका रहेको छ ।

त्यसपछि आइतबार अंक तालिकामा पहिलो र दोस्रो हुने तथा तेस्रो र चौथो हुने देशबीच खेल हुने तालिका रहेको छ ।   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ