भ्रष्टाचारीलाई जोगाउन सत्ता गठबन्धन लिप्त भएको प्रचण्डको दाबी
नारायण वली,
प्रकाशित २०८१ फागुन २८ बुधबार
3.3k
Shares
लुम्बिनी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सत्ता गठबन्धन सरकार भ्रष्टाचारीलाई जोगाउने र आफ्नाविरुद्ध आवाज उठाउनेलाई इगो साँधेर सताउने र मुद्धा लगाउने बाहेक अन्य कुनै प्रगति गरेको बताएका छन् ।
मगर राष्ट्रिय मुक्तिमोर्चाको छैटौँ राष्ट्रिय सम्मेलनको उद्घाटनमा बुधबार बुटवलमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले मैले नेतृत्व गरेको सरकारले देशमा सुशासन, भ्रष्टाचार न्यूनीकरण, बेथिति र मानव तस्करीहरुको जालोलाई तह लगाउने गरी अघि बढेका बेला नेकपा एमाले र नेपाली कांग्रेस पार्टी अत्तालिएर आफ्नालाई जोगाउन उद्देश्यले सरकार ढाल्ने र बनाउने खेलमा लागे अहिले देशको अर्थतन्त्र र जनताको अवस्था दयनीय बनाएको टिप्पणी गरे ।
राणा शाही र शोषणविरुद्ध मौलाउँदै गएको अन्याय अत्याचारको अन्त्य गर्दै सबै जातजाति, भाषा धर्म र लिंगलाई समावेशी सहितको अधिकारी प्राप्तिका लागि आफूले देशमा सशस्त्र जनयुद्ध गर्दा टाउकाको मूल्य तोक्ने, सिध्याउन खोजेकाहरुसँग लडेर परिवर्तन ल्याएको र उनीहरुले फेरी जनतालाई शासन चलाउन थालेकाले अहिले आफू जनताको घरदैलोमा बसेर, खाएर दुःखसुख बुझेर समाधान गर्नेगरी मेची महाकाली अभियानमा लागेको बताए ।