arrow

ल क्याम्पसमा १९ गते स्ववियु चुनाव [तालिकासहित]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ११ सोमबार
nebisangh-law-81-12-10.jpg

काठमाडौँ । नेपाल ल क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको निर्वाचन आगामी चैत १९ गते मंगलबार हुने भएको छ । स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन समितिले आइतबार निर्णय गर्दै १९ गते हुने मतदान र त्यसअघिको प्रक्रियाबारे कार्यतालिका सार्वजनिक गरेको हो । 

यसअघि चैत ५ गते नै निर्वाचन हुनुपर्ने भए भनि अनेरास्ववियुले निर्वाचन कार्यतालिका च्यातेसँगै निर्वाचन स्थगित भएको थियो । 

त्यसयता भने निर्वाचनको माग गर्दै नेपाल विद्यार्थी संघ नेविसंघका विद्यार्थीहरुले रिले अनसन गर्दै आएका थिए । 

कार्यतालिका सार्वजनिक भएसँगै नेविसंघका इकाई अध्यक्ष मोहम्मद माजिद प्रवेजले आफूहरुको जित भएको जानकारी दिए । उनले भने, ‘आज विद्यार्थीहरूको जित भएको छ। नेपाल ल क्याम्पसमा लोकतन्त्रको जित भएको छ ।’

हार्ने भयका कारण अनेरास्ववियुले निर्वाचन अवरुद्ध गरेको आरोप उनले लगाए । 

त्यसअघि ७ विद्यार्थी संगठनले संयुक्त रुपमा विज्ञप्ति जारी गरी निर्वाचन यथासक्य छिटो गर्न माग गरेका थिए । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ