arrow

चारदेशीय टी–२० मा नेपालको गतिलो शुरूआत, कतारमाथि आठ विकेटको जित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २७ बुधबार
cricket-nepal-25-4-9.jpg

काठमाडौँ । हङकङमा जारी चार देशीय टी–२० क्रिकेट श्रृंखलामा नेपालले गतिलो शुरूआत गरेको छ । नेपालले बुधबार बिहान भएको पहिलो खेलमा कतारमाथि ८ विकेटको शानदार जित हासिल गरेको हो । 

आक्रामक ब्याटिङ गरेको नेपालले एक सय ५२ रनको चुनौती मात्र १७ ओभरमा २ विकेटको क्षतिमा पूरा गरेको हो । 

पहिलो विकेटका लागि ८१ रनको साझेदारी गर्ने क्रममा कुशल भुर्तेलले १९ बलमा ३८ तथा आसिफ शेखले २१ बलमा ३३ रन बनाए । 

त्यस्तै तेस्रो विकेटका लागि ६२ रनको साझेदारी गर्ने क्रममा कप्तान रोहित पौडेलले २९ बलमा अविजित रहँदै ३७ तथा बसिर अहमदले ३३ बलमा अविजित रहँदै ३० रन बनाए । 

दुवै विकेट मुजिब उर रहमानले लिएका हुन् । 

यसअघि हङकङको मोङककमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेसँगै पहिले ब्याटिङ गरेको कतारले ५ विकेटको क्षतिमा १५१ रन बनायो । 

कप्तान इक्रामुल्लाह खानले ५४ बलमा ५४ बनाए । नेपालका लागि करण केसी, सोमपाल कामी, नन्दन यादव, गुल्सन झा र ललित राववंशीले १–१ विकेट लिए ।

नेपालले दोस्रो खेल बिहीबार कुवेतको सामना गर्नेछ । चार दशीय प्रतियोगितामा नेपाल, कतार, कुवेत र हङकङ रहेका छन् । 

नेपालले शनिबार हङकङसँग खेल्नेछ । अंक तालिकाको शीर्ष दुईमा रहने टोलीले आइतबार फाइनल खेल्नेछ । तेस्रो र चौथो हुने टिमले तेस्रो स्थानका लागि आइतबारै खेल्नेछ ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ