माछापुच्छ्रे बैङ्कका ग्राहकलाई हिल्टन होटेलमा विशेष छुट
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २८ बिहिबार
499
Shares
काठमाडौँ। माछापुच्छ्रे बैङ्क लिमिटेडले आफ्ना ग्राहकहरूलाई थप सेवा सुविधा प्रदान गर्ने उद्देश्यले जगदम्बा हस्पिटालिटी ग्रुप लिमिटेड, डिबिए हिल्टन होटेल काठमाडौँसँग विशेष सहकार्य गरेको छ। यस सहकार्य अन्तर्गत बैङ्कका खातावाला, डेबिट तथा क्रेडिट कार्डवाहक, निओन कार्ड प्रयोगकर्ता, स्मार्ट युजर तथा बैङ्क कर्मचारीहरूले हिल्टन होटेलमा उपलब्ध सेवा सुविधामा अधिकतम १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन्।
बैङ्कले ग्राहक सन्तुष्टि अभिवृद्धि गर्न तथा उच्चस्तरीय बैङ्किङ अनुभव दिलाउन यस्ता सहकार्यहरूलाई प्राथमिकता दिँदै आएको छ। छुट अन्तर्गत हिल्टन होटेलमा उपलब्ध खानपान तथा अन्य सेवाहरूमा विशेष सुविधा प्रदान गरिनेछ।
स्थापना कालदेखि नै नवीन प्रविधिमा आधारित सेवा प्रणालीमार्फत ग्राहकलाई सेवा पुर्याउँदै आएको माछापुच्छ्रे बैङ्कले देशभर १६५ शाखा, ९९ शाखारहित बैङ्किङ सेवा, ११ एक्सटेन्सन काउन्टर गरी २७५ स्थानबाट सेवा दिँदै आएको छ। साथै, बैङ्कसँग २०४ वटा एटिएमहरू र १६ लाखभन्दा बढी ग्राहक आधार रहेको छ।
बैङ्कले भविष्यमा पनि यस्ता ग्राहक-मैत्री सहकार्य गर्दै सुविधा सम्पन्न डिजिटल बैङ्किङ सेवा विस्तार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ।