arrow

गैसस महासंघ कास्कीमा ईन्दिरा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ३० शनिबार
gss-kaski.jpg

पोखरा । गैर सरकारी संस्था (गैसस) महासंघ कास्कीको अध्यक्षमा ईन्दिरा पौडेल निर्वाचित भएकी छन् । संस्थाको २४औँ वार्षिक साधारणसभा तथा १२औं अधिवेशनले पौडेललाई अध्यक्षमा निर्वाचित गरेको हो । 

निवर्तमान अध्यक्षमा बुद्धिबहादुर थापा, उपाध्यक्षमा सरोजनारायण बराल, सचिव केशु भुजेल, सहसचिवमा शिव शर्मा चापागाईं र कोषाध्यक्षमा विष्णुप्रसाद बराल छन् । 

कार्यसमिति सदस्यमा विना पुन, डिल्लीराम गिरी, मीना लिगल, योगराज पौडेल, बोबिन नेपाली, विमला केसी, कृष्णमाया गुरुङ, सावित्री भट्टराई, सुरेन्द्र परियार, रजनी थकाली र प्रकाश गिरी छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ