arrow

अर्थतन्त्र चलायमान बनाउन सरकार गहन रूपमा काम गर्दैछ - मन्त्री पाण्डे [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख २ मंगलबार
badri-01-02.jpg

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले देशको अर्थतन्त्र चलायमान बनाउन सरकारले गहन रूपमा काम गरिरहेको बताएका छन् । मंगलबार ललितकला मेला २०८२ को उद्घाटन गर्दै मन्त्री पाण्डेले सबै कुरामा निराश भएर मात्रै नहुने भन्दै अघि बढ्दै जाँदा प्रदर्शनका लागि भव्य प्रदर्शन स्थलहरू बन्ने बताए ।

उनले भौतिक रूपमा पनि संरचनाहरूलाई दर्बिलो गरी निर्माण गर्ने प्रतिबद्धता जनाए । उनले अहिले देशको अर्थतन्त्र अप्ठ्यारो स्थितिमा रहेको उल्लेख गर्दै देशको अर्थतन्त्र चलायमान बनाउनुपर्ने जिम्मेवारी रहेको जिकिर गरे । उनले अर्थतन्त्र चलायमान बनाएसँगै भौतिक संरचना र हाम्रा नवीन कार्यक्रम दिनुपर्ने उत्तरदायित्व रहेको बताए । 

मन्त्री पाण्डेले भने, ‘सबै कुरामा हामी निराश भएर मात्रै हुँदैन । हामीले अघि बढ्दै जाँदा कुनै  दिन हाम्रा भव्य प्रदर्शन स्थलहरू हुनेछन् । हामीले भौतिक रूपमा पनि हाम्रा संरचनाहरूलाई दर्बिलो गरी निर्माण गर्नेछौँ । इच्छाशक्तिका दृष्टिकोणले पनि कलाकारितामा ल्याउने परिष्कृतताको दृष्टिकोणले पनि उचाइ प्राप्त गर्नेछौँ । हामी अप्ठ्यारो अवस्थामा छौँ । तीन वटा प्रतिष्ठानहरूमा नेपाल प्रज्ञा प्रतिष्ठान बाहेक यी दुई वटा प्रतिष्ठानहरूले धेरै ठूलो सङ्घर्ष व्यहोरिरहनुभएको छ । देशको अर्थतन्त्र उठाउनुपर्ने, देशको अर्थतन्त्र चलायमान बनाउनुपर्ने, चारैतिरबाट अर्थतन्त्र चलायमान बनाइ, बलियो बनाइ हाम्रा भौतिक संरचना र हाम्रा नवीन कार्यक्रम दिनुपर्ने उत्तरदायित्व हाम्रो काँधमा छ । त्यो दिशामा सरकारले मसिनो ढङ्गले मेहनत र प्रयास गरिरहेको छ । त्यसको प्रतिफल बिस्तारै प्राप्त गर्दै जानेछौँ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ