arrow

प्रचण्डको छटपटी

०८४ सम्म सरकारमा जाँदैनौँ - प्रचण्ड [भिडियो]

यदि कुर्सी प्राप्तिको लागि जे पनि गर्ने भए मेरो कुर्सी जाने वाला नै थिएन

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख ४ बिहिबार
prachanda-1-05.jpg

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हुलाकी राजमार्ग अभियानले २०८४ सम्म सरकारमा नजाने पार्टीको निर्णयमा थप दृढता भएको बताएका छन् । हुलाकी राजमार्ग केन्द्रित जागरण अभियानका क्रममा बिहीबार रुपन्देहीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले फेरि सरकारमा गएर त्रुटि गर्ने पक्षमा आफू नरहेको बताए । 

जनतामा फेरि माओवादी केन्द्रप्रति विश्वास बढ्दै गएको कारण सरकारमा जान हतार नगर्ने उनको भनाइ छ । उनले भ्रष्टाचारी र भूमाफियाहरुविरुद्धको अभियान चलाएकै कारण आफू नेतृत्वको सरकार ढलेको जिकिर गरे । उनले भ्रष्टाचार विरुद्धको अभियान छोडेको र केही भ्रष्टाचारीहरूको संरक्षण गरेको भए कांग्रेस र एमालेको समर्थन पाइराख्ने दाबी गरे । 

प्रचण्डले भने, ‘अहिले आम जनताले फेरि एक चोटि हाम्रो भरोसा माओवादी केन्द्रतिर, माओवादी नेतृत्वतिर र प्रचण्डतिर छ भनेर भावुक बनेर आउने हजारौँ हजारको सङ्ख्या जुन देख्यौँ । त्यसले हामीलाई थप जिम्मेवारी बोध भएको छ । सरकारमा चाहिँ ०८४ सम्म नजाने हाम्रो निर्णयमा एउटा दृढता पैदा भएको छ । सरकारमा जान हतार गरेको होला भन्ने लाग्न सक्छ । बेल्कुल होइन । हामी अब फेरि त्यो त्रुटि गर्ने पक्षमा छैनौँ । यदि कुर्सी प्राप्तिको लागि जे पनि गर्ने भए मेरो कुर्सी जाने वाला नै थिएन । म कांग्रेस वा एमालेको समर्थन प्राप्त गरिराख्न सक्थे । यदि मैले भ्रष्टाचार विरुद्धको अभियान छोडिदिएको भए । राज्यको जमिन कब्जा गर्ने भूमाफियाहरुलाई छोडिदिएको भए । या केही भ्रष्टचारीहरुलाई संरक्षण गर्न अगाडि बढेको भए मेरो सरकार ढल्ने वाला नै थिएन । ’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ