arrow

आतंकवादविरुद्ध भारतीय सबै दल एकबद्ध, राहुल बोले – मोदी सरकारका हरेक कदममा समर्थन

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख ११ बिहिबार
india-all-party-meeting-25-.jpg

काठमाडौँ । भारतका सबै दलले आतंकवादविरुद्ध ऐक्यबद्धता जनाएका छन् । बिहीबार बेलुकी बसेको सर्वदलीय बैठकमा सबैले जम्मू–कश्मीरको पहलगाममा भएको आतंकवादी हमलाको कडा निन्दा गर्दै आतंकवादलाई अन्त्य गर्न सरकारले चाल्ने कदममा समर्थनसमेत जनाएका छन् । 

केन्द्र सरकारले बोलाएको सर्वदलीय बैठकमा विपक्षी दल कांग्रेस आईका नेता राहुल गान्धीले सरकारले चाल्ने हरेक कदमप्रति विपक्षको समर्थन रहेको बताए । 

रक्षामन्त्री राजनाथ सिंहको अध्यक्षतामा बसेको सर्वदलीय बैठकमा गृहमन्त्री अमित शाह, विदेश मन्त्री एस जयशंकर, कांग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गेसहित कयौँ नेता सामेल रहेका थिए । 


दुई घण्टा दिल्लीमा चलेको बैठकपछि बोल्दै राहुल गान्धीले भने, ‘सबैले पहलगाम आतंकवादी हमलाको निन्दा गरे । विपक्षले सरकारको कुनै पनि कारबाहीमा पूरा समर्थन दिएको छ ।’

राहुल शुक्रबार कश्मीरको अनन्तनाग जानेछन् । त्यहाँ हमलामा घाइते भएकाहरुसँग भेट्ने छन् । 

बैठकमा पहलगाम घटनाका मृतकको आत्माको शान्तिको कामना गर्दै दुई मिनेट मौनधारण गरिएको थियो । 

यसैबीच भारतीय वायु सेनाले युद्धाभ्यास थालेको छ ।

मंगलबार दिउँसो जम्मू–कश्मीरको पहलगाममा आतंकवादी समूहले हिन्दूधर्मी पर्यटकलाई छानीछानी मारेपछि भारत आतंकवादविरुद्ध लड्न गम्भीर भएर लागेको हो । 

उक्त घटनामा एक नेपालीसहित २७ जनाको हत्या भएको थियो भने थुप्रै घाइते भएका छन् । उनीहरुलाई गोली लागेको छ । 

यसैबीच उक्त आतंकवादी समूहलाई पाकिस्तानी समर्थन रहेको सूचना पाएपछि भारतले पाँच ठूला फैसला गरेको छ । 

१, पाकिस्तानको सीमा पार आतंकवादको समर्थन रोक्ने बेलासम्म सन् १९६० को सिन्धु जल सन्धि स्थगित गरेको छ । 

२, अटारी–बाघा चेकपोष्टलाई बन्द गरिदिएको छ । जो आधिकारिक कागजातसहित पहिले नै चेकचोष्ट पार गरिसकेका छन् उनीहरुलाई आगामी १ मेसम्म अर्थात् एक हप्ताको समय दिएर फर्कन आदेश दिइएको छ । 

३, पाकिस्तानी नागरिकलाई सार्क भिसा छुट योजना (एसभीईएस) अनुसार भारत प्रवेशको इजाजत हुने छैन । पहिले जारी गरिएको एसभीईएस भिसा रद्द हुनेछ । भारत आइसकेका उक्त भिसाका पाकिस्तानीलाई ४८ घण्टाभित्र भारत छोड्न आदेश दिइएको छ । 

४, दिल्लीस्थित पाकिस्तानी उच्चायोगमा तैनाथ रक्षा र सैन्य सल्लाहकारलाई पर्सोना नान ग्राटा (अस्वीकार्य) घोषित गरिएको छ । उनीहरुले एक साताभित्र भारत छोड्नु पर्नेछ । उनीहरुसँगै पाँच सहयोगी कर्मचारीलाई पनि फिर्ता जान भनिएको छ । यी पद अब शून्य मानिने छन् । 

५, दुवै उच्चायोगमा कर्मचारीको संख्या ५५ बाट घटाएर ३० गरिएको छ । यो कटौती मे १ तारिखदेखि लागू हुनेछ । 

रातभर त्रासमा पाकिस्तान
पहलगाम घटनापछि भारतले जवाफी कारबाही गर्ने डरले रातभर पाकिस्तानी एयरफोर्सले त्रासले समय गुजारेको पाइएको छ । सूत्रको प्रयोग गर्दै भारतीय मिडियाहरुले लेखेअनुसार पाकिस्तानी सैन्य प्रमुख आसिम मुनीरले मंगलबार साँझ तीन ओटै फोर्सका कमाण्डरसँग बैठक गरेका थिए । 

१८ फाइटर जेट कराँची एयरबेसबाट भारततर्फको सीमाततर्फ एयरफोर्स स्टेशनमा पठाइएको छ । यो स्टेशन लोहोर र रावलपिन्डीमा छ । यी १८ युद्धक विमान चीन निर्मित जेएफ–१७ हुन् । 

सैन्य प्रमुख मुनीरलाई भारतका तर्फबाट पीओके (पाकिस्तानले कब्जा गरेको कश्मीर) मा स्ट्राइक हुने खतरा लागेको छ । 

त्यहाँ लश्कर ए तैयबाका लन्च प्याड छन् । साथै करिब ७४० किलोमिटर लामो एलओसी (नियन्त्रण रेखा) मा पनि पाकिस्तानी सेनाको तनाथी बढाइएको छ । 

पाकिस्तानले भारत जमिनी सैन्य कारबाहीमा अगाडि नबढ्ने बुझेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ