काठमाडौँ । सांसद माया राई पक्राउ परेकी छिन् । उनी पक्राउ परेको जानकारी प्रहरीले संघीय संसदलाई दिएको छ। सभामुख देवराज घिमिरेलाई पत्र लेख्दै जिल्ला प्रहरी परिसर, भद्रकालीले सांसद राई पक्राउ परेको बारेमा सो जानकारी गराएको हो ।
‘उपरोक्त सबन्धमा सुमन खनालसमेतको जाहेरीमा वादी नेपाल सरकार प्रतिबादी स्वर्णलक्ष्मी बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेका अध्यक्ष एवं सञ्चालक गितेन्द्रबाबु राईसमेत भएको ठगी र संगठित अपराध सम्बन्धी कसूर मुद्दामा भागी फरा रहेका प्रतिवादी माया राईलाई अनुसन्धानको क्रममा बैशाख १३ गते बुढानीलकण्ठ नगरपालिका–१० कपन स्थितवाट पक्राउ गरी यसका कार्यालयमा दाखिला हुन आएकी प्रतिवादी नेपाली कांग्रेसको वर्तमान संघीय प्रतिनिधि सभाको सदस्यलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको व्यहोरा सादर अनुरोध गरिएको छ’ प्रहरीले भनेको छ ।