विराटनगर। नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले संविधान सशोधन विधेयक पारित हुने सम्भावना नरहेको बताउँदै एमालेसँग एक तिहाइभन्दा बढी सांसद रहेकाले सो विधेयक संसद्बाट पारित नहुने स्पष्ट पारेका छन्। विराटनगर विमानस्थलमा शुक्रबार पत्रकारसँग कुराकानी गर्दै उनले निर्वाचन गर्नमा ढिला गरिए मुलुक सङ्कटमा पर्ने सम्भावना रहेको बताए ।
नेता खनालले सरकारले संविधान संशोधनको विधेयक दर्ता गरेर कुबेलाको बाजा बजाइरहेको प्रसङ्ग उल्लेख गर्दै उनले संविधान कार्यान्वयनमा अहिले सबैको ध्यान केन्द्रीत हुनुपर्दछ भने।
मधेसी मोर्चाले मधेसबाट एमालेको बिदाइ गर्नेजस्ता अभिव्यक्तिको सम्बन्धमा पत्रकारको जिज्ञासामा वरिष्ठ नेता खनालले मोर्चाको सो अभिव्यक्ति असङ्गतिपूर्ण रहेको र संविधानलाई मान्नुबाहेक अन्य कुनै विकल्प नरहेको प्रष्ट पारे ।