arrow

नेपाल व्यवसायिक कलाकार संघमा पुन

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख २२ सोमबार
kalakar-sang-kaski.jpg

पोखरा । नेपाल व्यवसायिक कलाकार संघ कास्कीको अध्यक्षमा टेकबहादुर पुन चयन भएका छन् । संघको पोखरामा आयोजित भेलाले पुनलाई अध्यक्षमा चयन गरेको हो ।

संघको उपाध्यक्षमा रुबिन क्षेत्री, सचिवमा उज्वल नेपाली, सहसचिवमा दिलिप बोहोरा र कोषाध्यक्षमा सन्तोष गोतामे छन् ।

संघको कार्यसमिति सदस्यमा भुवन गुरुङ, हरिनारायण श्रेष्ठ, शेरबहादुर राई, राजु भुजेल, विजयकुमार राई र कुलप्रसाद बस्ताकोटी छन् ।

संघको सल्लाहकारमा तीर्थराज सुवेदी र शरण ताम्राकारलाई मनोनित गरिएको छ ।

भेलामा नेपाल व्यवसायिक कलाकार संघका केन्द्रीय महासचिव बाबुराम बस्ताकोटी, पूर्व केन्द्रीय महासचिव तथा केन्द्रीय संगठन विभाग प्रमुख तिलक पुन तथा केन्द्रीय सदस्य प्रेम विकलगायतले व्यवसायिक कलाकारको हक, हित र संरक्षणका लागि सबै एकतावद्ध हुन आवश्यक रहेको छ ।

संघको राष्ट्रिय महाधिवेशन यही बैशाख २७ गते ललितपुरमा हुने बताइन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ