भारत–पाकिस्तान तनावः पाकिस्तानी लिगका बाँकी खेल अब यूएईमा हुने
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख २६ शुक्रबार
559
Shares
ईस्लामबाद । पाकिस्तानमा जारी पाकिस्तान सुपर लिग (पीएसएल) यूएईमा सारिएको छ । भारत र पाकिस्तानबीच तनाव बढेपछि सुरक्षाको कारण देखाउँदै पिएसएलका बाँकी खेल युएई सारेको पाकिस्तान क्रिकेट बोर्डले जानकारी दिएको छ ।
भारतले रावलपिण्डीस्थित स्टेडियम नजिक ड्रोन आक्रमण गरेको भन्दै पीएसएलका खेलहरु रोकिएको थियो । जारी पीएसएलमा अब लिग चरणका चार खेल र प्लेअफका चार गरि ८ खेल खेल्न बाँकी रहेको छ ।
यता भारतमा जारी इन्डियन प्रिमियर लिग पनि के गर्ने भन्नेमा अन्योल भएको छ ।