arrow

जुम्ला–रारा म्याराथन शनिबार, पाँच सय बढी धावक सहभागी हुँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख २६ शुक्रबार
rara-road-11-09.jpg

जुम्ला । भोलि शनिबार सदरमुकाम खलङ्गा बजारमा आयोजना हुने जुम्ला–रारा अल्ट्रा म्याराथन ५९१ जना धावक सहभागी हुने भएका छन् । 

कर्णाली स्पोर्ट क्लबले आज यहाँ पत्रकार सम्मेलन गरेर  छैटौँ संस्करणको दौडको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । क्लबका अध्यक्ष सरोज शाहीले ५१ किलोमिटर दौडमा  स्वदेशी ७४, पोल्याण्ड   अमेरिका र फ्रान्सका एकएक तथा भारतका दुई जना धावक सहभागी हुने बताए । 
 
पाँच किमी दौडतर्फ कर्मचारीतर्फ १५५ जना, विद्यार्थी मात्र सहभागी हुने १० किमी दूरीतर्फ ३५५ जना र त्रिभुवन आर्मीबाट दुई जना गरी कूल ५९१ जना धावक प्रतियोगितामा सहभागी हुने जानकारी उनले दिए । 

म्याराथनका लागि रु २८ लाख विनियोजन गरिएको जानकारी दिँदै अध्यक्ष शाहीले प्रतियोगिताका माध्यमबाट जिल्लाको  पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ