काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलबौद्ध तथा मेलम्ची घ्याङ गुठीद्वारा २५६९औँ बुद्धजयन्तीका अवसरमा सोमबार बिहान बौद्ध महाचैत्यमा आयोजित कार्यक्रममा शान्तिको प्रतीक परेवा उडाएका छन् ।
उनी प्रथम महिला सबिता पौडेलसहित बौँद्ध महाचैत्य परिसरमा आयोजित कार्यक्रममा सरिक हुँदै परेका उडाएका हुन् ।
सो अवसरमा उनले त्यहाँ दीपप्रज्ज्वलन र पूजाअर्चना गरेका थिए । कार्यक्रम स्थलमा उनलाई गुरु र गुठीका पदाधिकारीले स्वागत गरेका थिए ।
आज देशभर विविध कार्यक्रमका साथ २५६९ औं बुद्ध जयन्ती मनाइँदैछ ।