सत्य निरूपण र बेपत्ता आयोगमा पदाधिकारी छनोट प्रक्रिया पारदर्शी बनाउन द्वन्द्वपीडितको आग्रह
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख ३१ बुधबार
739
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारी छनोट प्रक्रिया पारदर्शी बनाउन द्वन्द्वपीडितले प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।
आज द्वन्द्वपीडित साझा चौतारी, द्वन्द्वपीडित महिला राष्ट्रिय सञ्जाल, गम्भीर मानव अधिकार उल्लङ्घनका पीडितको राष्ट्रिय सञ्जालसहित ३९ वटा संस्थाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई उक्त छनोट प्रक्रिया पारदर्शीता र विश्वसनीय बनाउन माग गरेका हुन् ।
गम्भीर मानव अधिकार उल्लङ्घनका पीडितको राष्ट्रिय सञ्जालका अध्यक्ष रामकुमार भण्डारीले ती आयोगमा पदाधिकारी सिफारिस गर्दा न्याय दिनसक्ने व्यक्ति र पदाधिकारी छनोट गर्दा पारदर्शीता र विश्वसनीय हुनुपर्ने माग गर्दै प्रधानमन्त्रीलाई पत्र पठाएको जानकारी दिए ।
यसअघि गत बैशाख २१ गते पनि भेटेर द्वन्द्व पीडितले पीडित पक्षलाई न्याय हुने गरी पदाधिकारी छान्न आग्रह गरेका थिए ।