देउवालाई १४ महिनापछि किस्तीमा राखेर धुमधामसँग प्रधानमन्त्री दिन्छु : ओली
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १ बिहिबार
1k
Shares
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी १४ महिनापछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्ने बताएका छन्।
आज बिहीबार काठमाडौंमा पूर्व योजनाकार मञ्च नेपालको औपचारिक शुभारम्भ कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो अभिव्यक्ति दिएका हुन्। उनले देश विकासको योजना बनाउने अवसर कतिपयले नपाएको र कतिपयले बारम्बार पाएको उल्लेख गरे।
प्रधानमन्त्री ओलीले सभापति देउवाले पाँच पटक प्रधानमन्त्री बन्ने अवसर पाएको र अब फेरि १४ महिनापछि आफूले प्रधानमन्त्री पद देउवालाई किस्तीमा राखेर तामझामका साथ हस्तान्तरण गर्ने बताए। उनले आफू पनि १४ महिनापछि योजना आयोगको पूर्वअध्यक्ष हुने बताए।
प्रधानमन्त्री ओलीले भने, ‘१४ महिनापछि एउटा थप मानार्थ फेला पर्छ । १४ महिनापछि त म पनि त्यही हो मानार्थ । तपाईंहरुकै सदस्य । अहिले यो सबै संयोग हो । कतिपय योग्य मान्छेहरु यसमा आउनै नपाएर बाहिरै बसेका छन् । मौका पाएका छैनन् । सबैले एकै ठाउँमा मौका पाउँदैनन् । कसैले पटक पटक पाउँछन् । अब शेरबहादुरजी पाँच पटक प्रधानमन्त्री हुनुभयो । मौका उहाँलाई जुर्छ क्या त्यो । के गर्नु ? अब फेरि जुर्नेवाला छ । मैले १४ महिनापछि शेरबहादुरजीलाई लौ प्रधानमन्त्री भनेर किस्तीमा राखेर बकाइदा धुमधामसँग हस्तान्तरण गर्छु ।’