arrow

नेपाल महिला टी–२० विश्वकप एसिया छनोटको सुपर ३ मा 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २ शुक्रबार
nepal-cricket-w-t20-35-5-14.jpg

काठमाडौँ । नेपाल आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटको सुपर–३ मा प्रवेश गरेको छ । हङकङ र बहराइनबीचको खेल वर्षाका कारण रद्द भएपछि नेपाल सुपर–३ मा प्रवेश गरेको हो ।

समूह ‘सी’ मा हङकङसँग समान पाँच अंक भएर नेट रन रेट कम भए पनि नेपाल बढी जित निकालेका आधारमा अघि बढेको हो । आईसीसीको नियम अनुसार डबल राउन्ड रोबिन लिगपछि शीर्ष दुई टोली टोलीबीच अंक बराबर भए सर्वाधिक जितका आधारमा टोली अगाडि रहने प्रावधान रहेको छ ।

 नेपालको चार खेलमा दुई जित, एक हार र एक नतिजाविहीन भएको थियो । हङकङको समान खेलमा एक जित र तीन नतिजाविहीन भएको थियो । 

शुक्रबार विजयी भएको अवस्थामा हङकङ नै ६ अंकसहित समूह विजेता बनेर अघि बढ्ने थियो । तर वर्षा बाधक बन्दा हङकङ बाहिरियो । प्रतियोगितामा तीन समूहका शीर्ष टोली सुपर–३ मा पुगेका हुन् । 

समू एबाट थाइल्याण्ड र समूह बीबाट यूएई तथा समूह सीबाट नेपाल सुपर ३ मा पुगेका हुन् । सुपर–३ मा एकअर्कासँग खेलेपश्चात शीर्ष दुई टोली ग्लोबल छनोटमा पुग्ने छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ