सगरमाथा संवादको दोस्रो दिन छलफलमा २३ टोलीले भाग लिँदै, यस्तो छ तालिका
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ३ शनिबार
600
Shares
काठमाडौँ । शुक्रबारदेखि काठमाडौँमा जारी अन्तर्राष्ट्रिय स्तरको ‘सगरमाथा संवाद’ कार्यक्रममा आज छलफल सेसन हुँदैछ । हिमाल, हिमनदीसहित विश्वमा देखा परेको जलवायु परिवर्तनका बारेमा छलफल गर्नका लागि काठमाडौँमा सगरमाथा संवाद कार्यक्रम भइरहेको हो ।
सोल्टी होटेल ताहाचलमा बिहान ९ः३० बजेबाट शरू हुने आजको छलफल कार्यक्रममा १७५ विदेशी पाहुनासहित ३५० जनाले सहभागीता जनाउँदै छन् ।
परराष्ट्र मन्त्री डा आरजू राणा देउवाका अनुसार आइतबारसम्म गरी तीन दिनसम्म चल्ने यो ‘सगरमाथा संवाद’ कार्यक्रमको जलबायु परिवर्तन सम्बन्धी मुख्य विषय छलफल हुनेछ ।
यस्तो छ कार्यतालिका–
छलफल सत्र– अन्तर्राष्ट्रिय सम्मेलनको प्रारूपमा आयोजना गरिने यस संवादको थिममा केन्द्रित रही आफ्ना धारणा वा विचारहरू व्यक्त गर्ने प्रयोजनका लागि यो सत्र राखिएको हो ।
संवादमा सहभागी हुने सबै राष्ट्र र अन्तर्राष्ट्रिय एवं क्षेत्रीय संगठनलाई यस सत्रमा बोल्ने अवसर हुनेछ।
हालसम्म यस सूचीमा २३ प्रतिनिधिमण्डल समावेश गरिएको छ। प्रत्येक प्रतिनिधिमण्डललाई ५ मिनेटको बोल्ने समय प्राप्त हुने छ।
कार्यक्रम बिहान ११ः३० मा शुरू भई दिउँसो १ः३० बजे सम्पन्न हुनेछ।
त्यसपछि विशिष्ट अतिथिहरूलाई सगरमाथाको हवाइ यात्रालगायत विभिन्न कार्यक्रमहरू गरिनेछ ।