arrow

सिन्धुली बर्दिबास बाटोका लागि जापानको सहयोग 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ३ शनिबार
arzu-akiko-japan.jpg

काठमाडौँ । परराष्ट्र मन्त्री डा आरजु राणा देउवासँग जापानका उपविदेशमन्त्री इकुइनो अकिकोले आज शिष्टाचार भेटवार्ता गरेकी छिन् । सगरमाथा संवादमा सहभागिताका लागि हाल नेपालमा रहेकी उपविदेशमन्त्री अकिकोले आज सगरमाथा संवाद कार्यक्रमस्थल होटल सोल्टीमा सो साइडलाइन भेट गरेकी हुन् । 

भेटका अवसरमा मन्त्री डा राणाले उपमन्त्री अकिकोलाई सगरमाथा संवादमा सहभागी भएकोमा धन्यवाद व्यक्त गरिन् । साथै मन्त्री डा राणाले सिन्धुली बर्दिबास बाटोको पुनर्निर्माण तथा मर्मत सम्भारका लागि सहयोग गरेकोमा जापान सरकारलाई धन्यवाद ज्ञापन गरेकी थिइन् । 

गत वर्ष आएको अविरल बर्षाका कारण सो बाटोमा ठूलो क्षति पुगेको छ । जापान सरकारको अनुदानमा निर्मित सो बाटोको मर्मत तथा पुननिर्माणका लागि नेपाल सरकारले अनुरोध गरेपछि जापानले सहयोग गर्ने भएको हो । 

त्यसैगरी सो भेटका क्रममा मन्त्री डा राणा र जापानी उपविदेशमन्त्री बीच दुई देशको सम्बन्धका विविध विषयमा कुराकानी भएको थियो । त्यस अवसरमा मन्त्री डा राणाले नेपालको आर्थिक, सामाजिक लागायतका क्षेत्रमा विगत लामो समयदेखि जापानले पुर्याउँदै आएको सहयोगका लागि पनि धन्यवाद ज्ञापन गरेकी थिइन् । 

मन्त्री डा राणाले नेपालले अन्तर्राष्ट्रिय मञ्चहरुमा उठाउँदै आएको जलवायु न्यायका पक्षमा ऐक्यवद्धता र सहयोगका लागि जापानसँग आग्रह पनि गरेकी थिइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ