arrow

अकबरेलाई हुरीले हुर्‍यायो, किसान चिन्तित

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १० शनिबार
akabare-kheti-82-2-10.jpg

भोजपुर । वर्षासँगै आएको हुरीले खुर्सानी खेतीमा क्षति पुर्‍यापछि भोजपुरका बोखिमका किसान चिन्तित भएका छन् । 

हुरीका कारण फुल्दै गरेको अकबरे खुर्सानी लडाइदिएपछि किसान चिन्तामा परेका हुन् । निरन्तरको वर्षाले फल्ने बेला भएका खुर्सानीमा क्षति पुर्‍याएका स्थानीय कृषक कुमार विष्टले बताए । किसानको राम्रो नगदेबालीका रुपमा रहेको खुर्सानी फल्ने बेलामा हावाले क्षति गरेपछि समस्या भएको उहाँको भनाइ छ ।
 
बोखिमका अधिकांश किसानले अबकरे खुर्सानीको व्यावसायिक खेती गर्दै आएका छन् । मल्चिङ प्रविधिबाट यहाँका किसानले खर्सानीको खेती गरिरहेका छन् । 

पछिल्लो समय दैविक प्रकोपको अलवा, खुर्सानीको जरा कुहिने, पात पहेँलो हुने, फलमा किरा लाग्ने समस्या बढी मात्रामा देखिन थालेको किसानको भनाइ छ । भोजपर नगरपालिकाको बोखिम, पोखरे, भैँसीपङ्खालगायत क्षेत्रमा खुर्सानीको व्यावसायिक खेती हुने गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ