arrow

चिरिबाबुको गुनासो - नेपालमा काम गर्न साह्रै गाह्रो

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ११ आइतबार
chiribabu-maharjan-09-02.jpg

ललितपु । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले नेपालमा काम गर्न निकै अप्ठ्यारो रहेको बताएका छन्। आइतबार महानगरपालिकामा आयोजित विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम कार्यक्रमलाई सम्बोधन गर्दै उनले कानुनको सानो त्रुटिले पनि अख्तियारमा बयान दिनुपर्ने अवस्था आउने गरेको गुनासो गरे।

महर्जनले २०७८ असारको पहिलो हप्ता धापाखेलमा गएको बाढीले धेरै क्षति पुर्‍याएपछि आफूले तत्काल २२-२३ लाख रुपैयाँ सहयोग गरेको तर सोही विषयमा अहिले पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बयानका लागि धाइरहनु परेको बताए। उनले राष्ट्रिय विपद् आइपर्दा पनि छिटोभन्दा छिटो सहयोग गर्न हिच्किचाउनुपर्ने विडम्बनापूर्ण अवस्था रहेको भन्दै यसको समाधानबारे सोच्नुपर्नेमा जोड दिए। नियत सफा भए कसैले केही गर्न नसक्ने उनको भनाइ थियो। राम्रा काम गर्नेहरूमाथि नियमनकारी निकायले नकारात्मक दृष्टिले हेर्न नहुने उनले बताए।

प्रमुख महर्जनले आफूले बोलेकामध्ये ढुङ्गेधारामा पानी ल्याउन नसकेको बाहेक अन्य सबै काम पूरा गरेको दाबीसमेत गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ