arrow

बलात्कारको अभियोगमा दुई जना पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १४ बुधबार
pakrau9.jpg

वीरगञ्ज (पर्सा)। पर्सामा बलात्कारको अभियोगमा दुई जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा जगरनाथपुर गाउँपालिका–६ सङ्ठीका २३ वर्षीय विशाल यादव र भारतीय नागरिक मनिष पासवान रहेका छन्।

पर्सा प्रहरीका सूचना अधिकारी किशोर लम्सालका अनुसार, विशाल यादवलाई एक किशोरी बलात्कारको अभियोगमा पक्राउ गरिएको हो। 

यस्तै, भारतीय नागरिक मनिष पासवानलाई पनि सोमबार यस्तै अभियोगमा नियन्त्रणमा लिइएको छ। पासवानले किशोरीलाई प्रलोभनमा पारेर भारत लगी पटकपटक बलात्कार गरेको आरोप छ।

पीडितका तर्फबाट प्राप्त जाहेरीका आधारमा यादव र पासवानलाई करणीसम्बन्धी कसुरमा जिल्ला अदालतबाट थुनामा राख्ने अनुमति लिई अनुसन्धान भइरहेको सूचना अधिकारी लम्सालले जानकारी दिएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ