arrow

राजावादीप्रति प्रचण्डको कडा चेतावनी

इँटको जवाफ पत्थरले दिन कार्यकर्तालाई प्रचण्डको निर्देशन [भिडियो]

'केही परे हामी छौँ' भन्दै कार्यकर्ताहरूलाई ढाडस

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १८ आइतबार
prachandsss.jpg

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले राजावादीहरूमाथि कडा टिप्पणी गर्दै आफ्ना नेता तथा कार्यकर्ताहरूलाई 'इँटको जवाफ पत्थरले दिन' निर्देशन दिएका छन्। उनले 'केही परे हामी छौँ' भन्दै कार्यकर्ताहरूलाई ढाडस दिए।

योङ कम्युनिष्ट लिगको तेस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले आफूहरू कसैलाई पनि आक्रमण गर्न नजाने र शान्तिपूर्ण आन्दोलन गर्ने बताए। यद्यपि, उनले माओवादीमाथि कोही जाइलागेमा त्यसको डटेर सामना गर्नुपर्नेमा जोड दिए। उनले आवश्यक परेको खण्डमा जस्तोसुकै विद्रोह पनि गर्न सकिने चेतावनी दिए।

अध्यक्ष दाहालले माओवादीले अहिले चलाएको अभियान आवश्यक परेको बेला अर्को क्रान्तिको तयारी भएको जिकिर गरे। उनले आउने दिनमा क्रान्ति गरेर वा निर्वाचनबाट नेपाल माओवादीले लिनैपर्ने नत्र देश 'बर्बाद' हुने बताए।

"हामी आक्रमण गर्न कसैलाई पनि नजाने, हाम्रो शान्तिपूर्ण नै हो भन्ने कुरा पनि जनतालाई भन्ने," अध्यक्ष दाहालले भने, "तर हामीमाथि जाइलाग्न खोजे भने त्यसको इँटको जवाफ पत्थरले दिनूस्। हामी छौँ। जरुरी प¥यो भने जस्तोसुकै विद्रोह पनि गर्न सकिन्छ।" उनले अहिलेको अभियान समाजवादी क्रान्तिको तयारी भएको पनि स्पष्ट पारे।

अध्यक्ष दाहालले गणतन्त्रको रक्षा गर्ने मुख्य जिम्मेवारी माओवादी केन्द्रकै रहेको बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ