arrow

एसको कार्यालयमा चहलपहल, माधवको सजिलो जवाफ –प्रतिशोध साँधियो [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २२ बिहिबार
madhav-nepal-82-2-22yy.jpg

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरेसँगै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका शीर्ष नेताहरू छलफलमा जुटेका छन् ।

रौतहटको कार्यक्रममा सहभागी हुन गएका पूर्वप्रधानमन्त्री नेपाल मुद्दा लागेको जानकारी पाएपछि हान्निएर काठमाडौँ आएका थिए । उनले पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बैठकसमेत गरे । भित्र बैठक चलिरहँदा बाहिर कार्यकर्ताहरुको चहलपहल बाक्लिएको थियो । 

प्रायः सुनसान हुने पार्टी कार्यालय अध्यक्षमाथि नै मुद्दा परेपछि एकाएक चहलपहल बढेको हो । अख्तियारले पतञ्जली जग्गा प्रकरणमा माधव नेपालसहित ९३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

उनी प्रधानमन्त्री हुँदा अनधिकृत तरिकाले पतञ्जलीको जग्गा प्रकरण अगाडि बढाइएको थियो । उनलाई ललिता निवास जग्गा प्रकरणमा नमुछे पनि पतञ्जलीको जग्गा प्रकरणमा भने मुछिएको हो । 

पदीय दुरुपयोग गरेर नै कानून विपरीत गएर उक्त प्रकरण गराइएको थियो । तर उनै पूर्व प्रधानमन्त्री नेपालले भने आफूले भ्रष्टाचार नगरेको सजिलो जवाफ दिएका छन् । 

आलोकनगरमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा अध्यक्ष नेपालले यस्तो स्पष्टीकरण दिएका हुन् । उनले आफ्नो एउटै सिद्धान्त रहेको र त्यो भनेको नबिराउनु र नडराउनु रहेको बताए ।

उनले आफूले कुनै पनि भ्रष्टाचार नगरेको भन्दै राजनीतिक प्रतिशोधका रुपमा मुद्दा चलाइएको जिकिर गरे । अध्यक्ष नेपालले भने, ‘न बिराउनु, नडराउनु । मैले करप्शन गरेको छैन, चुनौतीका साथ भन्छु, राजनीतिक प्रतिशोधका रुपमा आएको भन्ने सिधै देखिन्छ, होइन भने अरु कुरा कानूनी कुरा रहे ।’

विशेष अदालतमा अख्तियारले बिहीबार अध्यक्ष नेपालसहित आरोपीहरुलाई पतञ्जलीको जग्गा हिनामिना प्रकरणमा भ्रष्टाचार मुद्दा दायर भएको हो । अध्यक्ष नेपालसँग १८ करोड ५८ लाख ५० हजार बिगो माग दाबी भएको छ ।

ncp-united-madhav-nepal (10).jpeg
ncp-united-madhav-nepal (9).jpeg
ncp-united-madhav-nepal (8).jpeg
ncp-united-madhav-nepal (7).jpeg
ncp-united-madhav-nepal (6).jpeg
ncp-united-madhav-nepal (5).jpeg
ncp-united-madhav-nepal (4).jpeg
ncp-united-madhav-nepal (3).jpeg
ncp-united-madhav-nepal (2).jpg
ncp-united-madhav-nepal (2).jpeg
ncp-united-madhav-nepal (1).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ