arrow

ग्लोबल आईएमई बैंकद्वारा प्लाष्टिक फोहर संकलनसहित हाइकिङ कार्यक्रम 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २६ सोमबार
global-ime-clean-hiking.jpg

काठमाडौँ । ग्लोबल आईएमई बैंक लिमिटेडले विश्व वातावरण दिवसको अवसरमा प्लाष्टिक फोहर संकलन गर्ने उद्देश्यले कीर्तिपुरको मच्छेगाउँदेखि चम्पादेवी मन्दिर परिसरसम्मको एक दिने हाइकिङ कार्यक्रम आयोजना गरेको छ । 

कीर्तिपुर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी, कीर्तिपुर शाखासँगको सहकार्यमा आयोजित सो कार्यक्रमका दौरान करिब १५० केजी प्लाष्टिक फोहर संकलन गरिएको थियो । 

साथै हाइकिङ रुट अन्तर्गतका विभिन्न स्थानमा फोहर संकलनका लागि स्थानीय समुदायले उत्पादन गरेका बाँसको डोका (डस्टबिन) समेत राखिएको छ । जसले दीर्घकालीन फोहर व्यवस्थापनमा योगदान पुर्‍याउने विश्वास लिइएको छ । 

फोहर संकलन पश्चात् उक्त फोहर नगरपालिकाको फोहर व्यवस्थापन केन्द्रमा हस्तान्तरण गरिएको थियो । उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी, नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, कीर्तिपुर नगरपालिका प्रतिनिधिहरु, नेपाल रेडक्रस सोसाइटी, कीर्तिपुर शाखाका पदाधिकारी, बैंकका कर्मचारी तथा स्थानीय स्वयम् सेवकहरुको उल्लेखनीय उपस्थिति रहेको थियो । 

ग्लोबल आईएमई बैंकले बैंकिङ सेवाका अतिरिक्त स्वदेशी उत्पादनको प्रवद्र्धन, जलवायु परिवर्तन असर न्यूनीकरण, वातावरण संरक्षण तथा दिगो विकासमा विशेष योगदान दिँदै आएको छ । 

विश्व वातावरण दिवसकै सन्दर्भमा बैंकले देशभर बृहत् वृक्षरोपण कार्यक्रम पनि सम्पन्न गरेको छ । 

आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा बैंकले मुलुकभर १८ हजार वृक्षरोपण गर्ने लक्ष्यसहित विभिन्न स्थानमा वृक्षरोपण कार्यक्रम सञ्चालन गरेको हो ।

वृक्षरोपणले वातावरण संरक्षणका साथै जलवायु परिवर्तन न्यूनीकरण तथा स्थानीय समुदायको आय–आर्जनमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास बैंकले लिएको छ ।  

ग्लोबल आईएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक हो । साथै ग्लोबल आईएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ ।

ग्लोबल आईएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३८५ एटीएम, २०२ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,००० भन्दा बढी सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डनलगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ