arrow

 ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको घाँटी निमोठ्न पाइँदैन’ – अजयबाबु शिवाकोटी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २८ बुधबार
ajayababu-shiwakoti-03-09.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको घाँटी निमोठ्न नपाइने बताएका छन् ।

समाचारको विषयलाई लिएर पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी र बिजमान्डु तथा नेपाल खबरमा आएको समाचार हटाउन भएको आदेशविरुद्ध सामाजिक सञ्जालमा लेख्दै नेता शिवाकोटीले  ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको घाँटी निमोठ्न पाइँदैन’ शीर्षक राखेर आफ्नो भनाइ व्यक्त गरेका हुन् । 

पाठकविरुद्ध नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीरसिंह देउवाले दिएको उजुरीका आधारमा नेपाल प्रहरीको साइबर ब्युरोले पाठकविरुद्ध मंगलबार पक्राउ पुर्जी जारी गरेको हो । 

त्यस्तै धितोपत्र बोर्डका अध्यक्षको उजुरीका आधारमा दुई अनलाइनका समाचार हटाउन काठमाडौँ जिल्ला अदालतले आदेश दिएको हो । 

केन्द्रीय सदस्य शिवाकोटीले समाचार डिलिट गर्ने आदेश प्रेस स्वतन्त्रता र नागरिकको अभिव्यक्ति स्वतन्त्रता माथिको गम्भीर प्रहार भएकोसमेत जनाएका छन् । 

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अदालत स्वयंले सूचना मेटाउने आदेश दिनु लोकतान्त्रिक अभ्यासको गम्भीर विचलन हो, पत्रकार पक्राउ गर्ने, वेबपोर्टलको समाचार डिलिट गराउने यस्तो प्रवृत्तिले हामी कहाँ जाँदैछौँ ? समाचार लेख्नेलाई कारबाही, प्रश्न गर्नेलाई सजाय हामीले ल्याएको लोकतन्त्रको व्यवहार यो होइन, संविधानले प्रत्याभूत गरेका मौलिक हकहरू संरक्षण हुनुपर्छ, नियन्त्रण होइन । गल्ती  कमजोरी भएको ठाउँमा प्रेसलाई नियन्त्रण भन्दा पनि जवाफदेही बनाऔँ ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ